Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4993 - 4998 of 24029
फिल्मीखबर, काठमाडौं, 2022-12-04, आईतवार

लगनको महिना अर्थात् मंसिर सुरु भएसँगै सेलिब्रेटीहरु विवाह बन्धनमा बाँधिरहेका छन् । तर, नेपाली फिल्मको ‘लभ बर्डस्’ सविन श्रेष्ठ र अनु शाहको विवाहका लागि लगन जुर्न सकेको छैन । विगत ७/८ वर्षदेखि प्रेम सम्बन्धमा भए पनि उनीहरु विवाहका लागि हतारिएका छैनन् । कोभिडअघि यो जोडीले अदालती विवाह गरेको खबर चुहिएको थियो । तर, दुवैले यसको खण्डन गरेका थिए ।

फिल्मीखबर, काठमाडौं, 2022-12-04, आईतवार

सन् १९९९ मा प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘द कमाण्डो’का अभिनेता राजकुमार राईले मंसिर २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सोल अफ द कमाण्डो’बाट २४ वर्षपछि अभिनयमा पुनरागमन गरेका छन् । उनलाई यो कमब्याक फिल्मबाट ठूलो आशा र अपेक्षा छ । दर्शकले कथावस्तु र एक्सनमा नयाँ स्वाद पाउने उनको विश्वास छ । ट्रेलरले पनि त्यसको छनक भने दिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2022-12-04, आईतवार

नयाँ छिमलका सुपरस्टार अनमोल केसीलाई फिल्ममा साइन गराएदेखि नै निर्माताले पैसा छाप्न थाल्छन् । उनको नामले फिल्मको डिजिटल राइट्स र ओभरसिज राइट्स महंगोमा विक्री हुने गरेको छ भने वितरकहरुले पनि मोटो रकम एमजी दिने गरेका छन् । यसैक्रममा, अनमोल अभिनीत नयाँ फिल्म ‘छड्के २’को छायांकन नसकिँदै धमाधम ओभरसिज राइट्स विक्री हुन सुरु भएको छ ।

एजेन्सी, मुम्बई, 2022-12-03, शनिवार

‘रोमान्स किंग’को रुपमा प्रख्यात छन्, सुपरस्टार शाहरुख खान । पर्दामा उनले हिरोइनसँग गर्ने रोमान्स शैली अन्य नायकको भन्दा पृथक हुन्छ । उनले आफ्नो करिअरमा रोमान्सवाला फिल्म नै बढी गरेका छन् । तर, अब उनलाई हलिउडको ‘मिशन इम्पोसिबल’ जस्तो एक्सन फिल्ममा काम गर्न मन छ । फिल्म ‘पठान’मा काम गरेपछि उनको ध्यान अब लभस्टोरीभन्दा एक्सन फिल्ममा छ ।

फिल्मीखबर, काठमाडौं, 2022-12-03, शनिवार

संजोग कोइराला र वर्षा राउतलाई ‘चखेवाको जोडी’ भनिन्छ । एकअर्काप्रति प्रेम, विश्वास, सहयोगी, समझदारी भावनाका कारण धेरैका लागि यो जोडी उदाहरणीय बनेको छ । तर, गत वर्ष उनीहरुको सम्बन्ध बिग्रिएको खबरले ठूलै भूकम्प ल्याएको थियो । फिल्म ‘के घर के डेरा’ रिलिजको बेला वर्षाले श्रीमानसँग ठूलो झगडा परेको भए पनि अहिले सम्बन्ध राम्रो रहेको बताएकी थिइन् ।

Results : 4993 - 4998 of 24029
Most Visited News (monthly)