
विश्वको ठूलो फिल्म बजार मानिने भारतमा पहिलो पटक नेपाली फिल्म हिन्दीमा डब भएर प्रदर्शन हुँदैछ । यो इतिहास रच्न लागेको फिल्म हो, ‘प्रेमगीत ३’ । कोरोना महामारीको समयमा निर्माता तथा निर्देशक सन्तोष सेन र अभिनेता प्रदीप खड्काले महिनौं मुम्बई बसेर फिल्मको हिन्दी डब गरेका हुन् । अब यो फिल्म आगामी असोज ७ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउँदैछ ।

अभिनय गर्न पेशा, धर्म, जात, वर्ण, वर्ग, उमेर, लैंगिकता वा भौगोलिकता केहीले पनि रोक्दैन र छेक्दैन । मात्र अभिनयप्रति रुचि, सौख र चाहाना हुनुपर्छ । यही रुचिले भिन्न पेशाबाट अभिनयमा होमिएका पात्र हुन्, तेज गिरी । पेशाले उनी बैंकर हुन् । मुक्तिनाथ विकास बैंकमा उनी लामो समयदेखि कार्यरत छन् । यस्तैमा, उनले फिल्म ‘प्रेमगन्ज’बाट अभिनय करिअर पनि सुरु गरेका छन् ।

सुजित बिडारीको निर्देशनमा बनेको फिल्म ‘ऐना झ्यालको पुतली’को ट्रेलर सार्वजनिक भएको छ । आइतवार यूट्युब रिलिज भएको २ मिनेट ४३ सेकेन्ड लम्बाईको ट्रेलरमा अध्ययन गर्न चाहने एक किशोरीको सपना र त्यसमा आउने अवरोधलाई देखाइएको छ । ट्रेलरले दिदी-भाइको सम्बन्धका विभिन्न आयामलाई पनि प्रस्तुत गरेको छ । फिल्म आगामी भदौ २४ गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्म ‘माइकल अधिकारी’को टिमले प्रचार-प्रसारलाई तीव्र बनाएको छ । तीन हप्तादेखि काठमाडौं केन्द्रित प्रचार गरिरहेको निर्माण टिमले पूर्वबाट मोफसल दौडाहा सुरु गरेको छ । शनिवार अभिनेता सौगात मल्ल र निर्माता निरक पौडेलसहितको टिमले पूर्वी नेपालका प्रमुख दुई शहर विर्तामोड र विराटनगरमा पत्रकार सम्मेलनसँगै मिनी कन्सर्ट सम्पन्न गर्यो ।

२०७२ सालको दशैंमा प्रदर्शन भएको थियो नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी’ । फिल्मको कथावस्तु दशैंसँग जोडिएको थियो । नाकाबन्दीको समयमा पनि फिल्मले बक्सअफिसमा ठूलो कमाई गर्दै प्रदर्शनको सय दिन मनाएको थियो । यो फिल्मको दोस्रो श्रृंखला ‘परदेशी २’लाई पनि निर्माण टिमले विजया दशमीलाई लक्षित गर्दै असोज १४ गतेलाई प्रदर्शन मिति तोकेको थियो ।

बडा दशैंलाई लक्षित गर्दै आगामी असोज १४ गतेबाट प्रदर्शनमा आउने भनिएको फिल्म ‘परदेशी २’ पाँच महिना पछाडि सरेपछि यो मितिमा फिल्म ‘बाबरी’ लाग्ने भएको छ । आगामी भदौ ३१ गतेलाई प्रदर्शन मिति तोकिएको यो फिल्म दुई साता पछाडि सर्दै दशैं विदामा प्रदर्शन हुन लागेको हो । सोमवार फिल्मको ट्रेलर सार्वजनिक गर्दै असोज १४ गतेलाई नयाँ प्रदर्शन मिति घोषणा गरिँदैछ ।

