Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4963 - 4968 of 24029
फिल्मीखबर, काठमाडौं, 2022-12-11, आईतवार

चकलेटी ब्वाई धिरज मगरले फिल्म ‘भगवत् गीता’मा मुख्य भूमिकामा अभिनय गर्ने भएका छन् । लामो समयको छलफलपछि उनी फिल्ममा काम गर्न तयार भएका हुन् । आइतवार निर्देशक झरना थापा र धिरजबीच सम्झौताको कागजपत्र आदान-प्रदान भयो । फिल्ममा धिरजको जोडी अभिनेत्री सुहाना थापासँग बाँधिनेछ । उनीहरुले पहिलो पटक एकसाथ फिल्ममा काम गर्न लागेका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2022-12-11, आईतवार

अनगिन्ती विज्ञापनको निर्देशनपछि ‘दुई रुपैयाँ’बाट फिल्म निर्देशनमा फड्को मारेका निर्देशक असिम शाह राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसद बनेका छन् । समानुपातिक मतअनुसार १३ सिट पाएको रास्वपाले शाहलाई मुश्लिम पुरुषतर्फ समानुपातिक सांसद बनाएको हो । रास्वपाले समानुपातिक सांसद छान्न प्राइमरी इलेक्सन गरेको थियो, जसमा उनले धेरै मत प्राप्त गरेका थिए ।

फिल्मीखबर, काठमाडौं, 2022-12-11, आईतवार

आगामी पुष १५ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘डिसेम्बर फल्स’को कोरोना महामारीका कारण लामो समय केही प्रतिशत छायांकन अड्किएको थियो । दशैंअघिबाट फिल्मको बाँकी छायांकन थालियो । योबीचमा दुई गीत र क्लाइमेक्स खिचिए । प्रदर्शन मिति नजिकिँएसँगै निर्माण टिमले फिल्मको अन्तिम दृश्य शनिवार तिब्बतसँग जोडिएको नेपालस्थित लाङटाङ पुगेर खिचेको छ ।

एजेन्सी, मुम्बई, 2022-12-10, शनिवार

साउथ फिल्म ‘बाहुबली’भन्दा अगाडि पेन इन्डिया फिल्मको कन्सेप्ट त टाढाको कुरा, यो शब्दको बारेमा समेत बलिउड अनविज्ञ झैं थियो । तर, यो फिल्मपछि बलिउडको रुपरेखा नै बदलिएको छ । सफलताको भोकले यतिबेला बलिउड पेन इन्डिया फिल्मको पछाडि भागिरहेको छ । जसको नतिजा स्वरुप यतिबेला बलिउडमा संकटको बादल छाएको छ । फिल्महरु चल्न छाडेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2022-12-10, शनिवार

गीतको मामलामा ‘लक्की’ अभिनेत्री हुन्, स्वस्तिमा खड्का । उनी नेपाली फिल्ममा अभिनेत्रीको स्थापित हुन गीतकै ठूलो योगदान छ । जति बेला उनी आफूलाई चिनाउन संघर्ष गरिरहेकी थिइन्, त्यसबेला ‘कुटुमा कुटु’ गीतले उनको सपना पूरा गरेको थियो । यो गीत उनको करिअरका लागि सञ्जीवनी बुटी सावित भएको थियो । आज पनि धेरै दर्शकले उनलाई यही गीतका कारण चिन्दछन् ।

अन्जान दाहाल, काठमाडौं, 2022-12-09, शुक्रवार

अभिनेता भुवन केसी र विवाद पर्याय जस्ता बनेका छन् । उनी जे गर्छन्, विवाद उब्जन सुरु भइहाल्छ । चलचित्र विकास बोर्डको अध्यक्ष पाउन रातारात नेपाली कांग्रेस प्रवेश गरेका भुवन आफ्नो उद्देश्यमा सफल त भए तर अध्यक्ष भएपछि बोर्डको चम्किलो भवनले समेत उनलाई विवादित हुनबाट छेक्न सकेको छैन । विवाद पनि फिल्मको सिरिज झैं हप्ता र महिनैंपिच्छे आइरहेका छन् ।

Results : 4963 - 4968 of 24029
Most Visited News (monthly)