
मिस नेपाल इन्टरनेसनल २०१२ र वर्ल्ड मिस युनिभर्सिटी नेपाल २०१७ की विजेता तथा अभिनेत्री सुवेक्क्षा खड्का विवाह बन्धनमा बाँधिने भएकी छन् । आइतबार चितवनको बराही जंगल लञ्जमा प्रेमी आश्वासन जोशीले आफ्नो जन्मदिनको अवसरमा उनलाई हिराको औंठी लगाएर विवाहको प्रस्ताव राखेका हुन् । सुवेक्क्षाले पनि औंठी स्वीकार गर्दै विवाहका लागि मञ्जुरी जनाएकी छन् ।

एक समयकी सर्वाधिक सफल अभिनेत्री विपना थापाले करिब १६ वर्षपछि फिल्ममा कमब्याक गर्ने भएकी छन् । नेपाल र भारतमा छायांकनको तयारी भइरहेको फिल्म ‘ह्रस्व दीर्घ’मा उनी मुख्य भूमिकामा अनुबन्ध भएकी हुन् । फिल्म सम्झौता गरेपछि विपनाले फेसबुकमा आफूलाई डर लागिरहेको उल्लेख गरेकी छन् । उनी विवाह बन्धनमा बाँधिएपछि अभिनयबाट पूर्ण रुपमा टाढा थिइन् ।


गत असोज २८ गते नेपालमा प्रदर्शन भएको मल्टीस्टारर फिल्म ‘हिजो आजका कुरा’ले यतिबेला विदेशको फन्को लगाइरहेको छ । अमेरिकाबाट सुरु भएको विदेश प्रदर्शन यात्रा अष्ट्रेलिया आइपुगेको छ । फिल्मको प्रदर्शनका लागि दुई साताअघि निर्देशक साकार पन्त अष्ट्रेलिया उडेका थिए । फिल्ममा अभिनय समेत गरेका उनले दर्शकको मागअनुसार आफू अष्ट्रेलिया पुगेको बताएका छन् ।

हल व्यवसायी र वितरकहरुको संस्था नेपाल चलचित्र संघले चलचित्र विकास बोर्डविरुद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गरेपछि नेपाल चलचित्र कलाकार संघ बोर्डको पक्षमा उभिएको छ । चलचित्र संघले सूचना तथा सञ्चार मन्त्रालयमा ज्ञापन पत्र बुझाउनेदेखि बोर्डमा तालाबन्दी गर्नेसम्म निर्णय गरेपछि संघले शुक्रवार विज्ञप्ति जारी गर्दै बोर्डसँग वार्ता गर्न चलचित्र संघलाई आग्रह गरेको छ ।

फिल्म क्षेत्रभन्दा बाहेक सम्भवतः ज्यादै कमलाई थाहा छ कि निर्देशक तथा निर्माता मिलन चाम्स पूर्व ब्रिटिस आर्मी हुन् । उनको ड्रिम प्रोजेक्ट ‘गोर्खा वारियर’को जन्म उनी पूर्व आर्मी हुनुकै एउटा नतिजा हो । सन् १९४९ मा भएको मलाया युद्धमा नेपाली गोर्खा सैनिकले देखाएको रणकौशलतामाथि उनले यो फिल्म बनाएका हुन् । यसलाई सिरिजको रुपमा निर्माण गर्ने उनको योजना छ ।

