Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4921 - 4926 of 23836
फिल्मीखबर, काठमाडौं, 2022-11-06, आईतवार

पुष २९ गतेदेखि प्रदर्शन हुन लागेको रमेश एमके पौडेलको डेब्यू निर्देशित फिल्म ‘तिम्रो मेरो साथ’ले टिकटक प्रतियोगिता घोषणा गरेको छ । अघिल्लो साता सार्वजनिक भएको ‘रुमालै बाटेर टाई बनाम’ बोलको गीतमाथि निर्माण टिमले टिकटक प्रतियोगिता आयोजना गरेको हो । यो गीतमा टिकटक बनाउनेमध्ये उत्कृष्ट एकले नगद पुरस्कार प्राप्त गर्ने निर्देशक पौडेलले जानकारी दिए ।

फिल्मीखबर, काठमाडौं, 2022-11-06, आईतवार

फिल्म स्टारका अनेक किसिमका फ्यान हुन्छन् । कोही आफ्नो स्टारको नाममा शरीरमा ट्याटु नै खोपाउँछन् भने कोही आफ्नो स्टारको बारेमा नराम्रो बोलेको सुने जाइलाग्न तयार हुन्छन् । हलिउड र बलिउडमा मात्र होइन यसप्रकारका फ्यान नेपालमा पनि कयैन् छन् । आफ्नो स्टारलाई प्रत्यक्ष भेट्दा रुने-कराउनेदेखि बेहोस हुनेसम्मका परिदृश्य नेपालमै धेरै पटक देखिसकिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2022-11-05, शनिवार

छठको विदा पारेर प्रदर्शनमा आएको प्रदीप भट्टराईद्वारा निर्देशित फिल्म ‘महापुरूष’ले दोस्रो साता पनि बक्सअफिसमा पहिलो नम्बरमा ट्रेन्ड गरिरहेको छ । पहिलो हप्ता ५ करोड आसपासको कमाई गर्दै लगानी सुरक्षित गरेको यस फिल्मले दोस्रो हप्ताको शुक्रवार देशभर ५० देखि ६० प्रतिशतसम्म अकुपेन्सी कायम गर्दा शनिवार (आज) विहानैदेखि हाउसफुल दर्शक भित्राएको छ ।

फिल्मीखबर, काठमाडौं, 2022-11-05, शनिवार

नेपाली फिल्मका चकलेटी हिरोहरुको सूचिमा नछुट्ने नाम हो, आकाश श्रेष्ठ । उनले आफ्नो लुक्सकै कारण युवापुस्तामा गजबको क्रेज बनाएका छन् । फिल्म ‘म त तिम्रै हुँ’बाट निशाराजनक डेब्यू गरेका उनलाई फिल्म ‘रामकहानी’ले पहिचान दिलाएको थियो । यसपछि उनी करिअरलाई लिएर चिन्तित हुनु परेन । उनको हातमा फिल्म टुटेको छैन भने म्यूजिक भिडियोमा भ्याइनभ्याइ छ ।

फिल्मीखबर, काठमाडौं, 2022-11-04, शुक्रवार

रमेश कोइराला निर्देशित फिल्म ‘निरमाया’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘मायाको रंग हुँदैन’ बोलको गीतमा धर्मेन्द्र सेवान र रेखा शाहको स्वर छ भने उत्तम भेटुवालको शब्द रचना र रिमेश कुमारको संगीत छ । प्रेमको जात र रंग हुँदैन भन्ने भाव बोलेको गीतको भिडियोमा फिल्मका कलाकारहरु जेवी डिसी, अजित लामिछाने, प्रतिषा रिजाल र समृद्दि पौडेल फिचरिङ छन् ।

फिल्मीखबर, काठमाडौं, 2022-11-04, शुक्रवार

निर्माणको तयारीमा रहेको फिल्म ‘बिजुली’का लागि अडिसनबाट कलाकार छनोट गरिने भएको छ । कात्तिक २२ गते काठमाडौंमा रहेको कान्तिपुर फिल्म एकेडेमीमा हुन लागेको अडिसनमा २५ देखि ३० वर्ष उमेरको पुरुष, ३० देखि ३५ वर्षको पुरुष र १८ देखि २८ वर्ष उमेरको महिला कलाकार तथा अन्य सहायक चरित्रका लागि कलाकार छानिने निर्देशक विकास गिरीले जानकारी दिए । 

Results : 4921 - 4926 of 23836