Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4909 - 4914 of 24029
फिल्मीखबर, काठमाडौं, 2022-12-23, शुक्रवार

द्वन्द्व निर्देशक अष्ट महर्जनद्वारा निर्देशित पहिलो फिल्म ‘गुञ्जन’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार सार्वजनिक १ मिनेट ४५ सेकेन्ड लम्बाईको ट्रेलरमा त्रिकोणात्मक प्रेम देखाइएको छ । सारा सिर्पाली र प्रितमराज सेन्चुरीको प्रेम जीवनमा कबीर खड्काको ‘सरप्राइज’ प्रवेशपछि आउने विभिन्न उतार-चढाव र साराका खातिर प्रितम-कबीरबीचको टकरावलाई ट्रेलरमा प्रस्तुत गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2022-12-23, शुक्रवार

नेपालमा रिक्स जनरा मानिन्छ, हरर । यो जनरामाथि नेपाली फिल्मको इतिहास पल्टाएर हेर्ने हो भने नतिजा सुखद् छैन । यसको पछाडि विभिन्न कारण छन् । ‘हाँ हुँ’को ब्याकग्राउन्ड स्कोर, पात्रको अनुहारमा कालो र सेतो रंग पोतेर सेतो पहिरन लगाइदिएपछि दर्शक तर्सिन्छन् भन्ने मानसिकताले नेपालमा हरर फिल्म असफल हुँदै आएका छन् । यद्यपि, हरर फिल्म बन्न भने रोकिएको छैन ।

फिल्मीखबर, काठमाडौं, 2022-12-23, शुक्रवार

ब्लकबस्टर फिल्म ‘कबड्डी’मा ‘मैयाँ’को भूमिका निर्वाह गरेपछि चर्चामा आएकी अभिनेत्री रिश्मा गुरुङले २०७६ साल फागुन ४ गते प्रेमी सन्दिप गुरुङसँग लगनगाँठो कसेकी थिइन् । अमेरिकाको एयर फोर्स आर्मी रहेका श्रीमानसँग रिश्मा विवाह लगत्तै अमेरिका जाने योजनामा थिइन् । तर, कोरोना महामारीका कारण भिसा प्रक्रियामा ढिलाई भएपछि उनी अमेरिका उड्न पाएकी थिइनन् ।

फिल्मीखबर, काठमाडौं, 2022-12-22, बिहिवार

विलियम सेक्सपियरले कतै लेखेका थिए, ‘नाममा के छ र !’ तर, नेपाली फिल्मको हकमा नाममा धेरैथोक हुन्छ । नामकै पछाडि इन्डस्ट्री दौडिरहेको छ । यदि नाममा केही हुँदैन थियो भने ‘नाईं नभन्नू ल’को छैठौं श्रृंखलासम्म बन्दैन थियो । नाममा सबथोक छ भन्ने अरु ज्वलन्त उदाहरण ‘ए मेरो हजुर’, ‘प्रेमगीत’, ‘कबड्डी’ जस्ता फिल्महरु पनि  हुन् । त्यसैले नेपाली फिल्ममा जे छ नाममै छ ।

फिल्मखबर, काठमाडौं, 2022-12-22, बिहिवार

मिलन चाम्सको नवौं निर्देशित फिल्म ‘गोर्खा वारियर’को टिजर सार्वजनिक भएको छ । सन् १९४९ मा भएको मलाया युद्धमा नेपाली गोर्खा सैनिकले देखाएको बहादुरीलाई प्रस्तुत गर्दै बिहीवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको १ मिनेट ३ सेकेन्डको टिजरले हलिउडको झल्को दिन्छ । भिएफएक्स, ब्याकग्राउन्ड स्कोर, सिनेम्याट्रोग्राफी तथा कलर ग्रेडिङ प्रशंसनीय छ ।

फिल्मीखबर, काठमाडौं, 2022-12-22, बिहिवार

१०औं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नेपालीतर्फ दिपक रौनियार निर्देशित तथा अभिनेता दयाहाङ राई अभिनीत फिल्म ‘फोर नाइट्स’ उत्कृष्ट फिक्सन फिल्म घोषित भएको छ । त्यस्तै, डकुमेन्ट्री प्रतिस्पर्धातर्फ अनिल बुढामगरद्वारा निर्देशित ‘आइरन डिगर’ उत्कृष्ट ठहरिएको छ । यी दुई फिल्मले अवार्डसहित जनही ५० हजार नेपाली रुपैयाँ हात पारेका छन् ।

Results : 4909 - 4914 of 24029
Most Visited News (monthly)