
इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाको आयोजनामा नेपालकै सबैभन्दा ठूलो धनराशीको रियालिटी शो आयोजना हुने भएको छ । ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को मंगलबार साँझ काठमाडौंका एक कार्यक्रमका बीच घोषणा गर्दै निर्णायक मण्डलको पनि परिचय गराइयो । यी दुवै रियालिटी शोका विजेताले १-१ करोड रुपैयाँ पुरस्कार पाउनेछन् ।

रंग पत्रकारिताबाट फिल्म निर्देशनमा फड्को मारेका लक्ष्मण सुवेदीले आफ्नो कमब्याक फिल्मका लागि मुख्य भूमिकामा मलिका महतलाई अनुबन्धित गरेका छन् । मंगलबार दिउँसो उनीहरुबीच कागजी सम्झौता भएको हो । अनटाइटल प्रोजेक्टको स्क्रिप्ट, टिम र चरित्र मन परेपछि मलिका काम गर्न तयार भएकी हुन् । फिल्ममा उनी शीर्ष भूमिकामा रहने निर्देशक सुवेदीले जानकारी दिए ।

स्वदेशी र विदेशी फिल्म प्रदर्शनको एक हप्ता अगाडि सेन्सर सिफारिस लिनुपर्ने, साँझको ११ बजेपछि फिल्म प्रदर्शन गर्न नपाउने जस्ता चलचित्र विकास बोर्डको निर्णयविरुद्ध नेपाल चलचित्र संघले पुष १२ गतेदेखि चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । सूचना मन्त्रालयमा ज्ञापन पत्र बुझाउनेदेखि विकास बोर्डमा तालाबन्दी गर्नेसम्मको कार्यक्रम संघले तय गरेको थियो ।

अभिनेत्री सुहाना थापाले फिल्म वितरणमा फड्को मारेकी छन् । उनी सिइओ रहेको त्रिनेत्रम डिस्ट्रिब्युसनले फिल्म ‘गुलाबी’लाई देशभर वितरण गर्न लागेको हो । मंगलवार सुहाना र फिल्मकी निर्देशक समुन्द्र भट्टबीच सम्झौता पत्र आदान-प्रदान भएको छ । मंगलवार नै फिल्मको डिजिटल राइट्स पनि विक्री भएको छ । ओएसआर डिजिटलले फिल्मको युट्युब राइट्स खरिद गरेको हो ।

आगामी पुष २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘तिम्रो मेरो साथ’ले मोफसल यात्रा सुरु गरेको छ । मंगलवार पोखराबाट सुरु भएको मोफसल यात्रा बुटवल, नारायणगढ, हेटौंडा, विराटनगर र बिर्तामोड पुगेर पूर्णविराम लाग्नेछ । त्यसपछि काठमाडौं केन्द्रित प्रचार अभियान सुरु गर्ने योजनामा रहेको निर्माण टिमले मोफसल यात्रामा पत्रकार र दर्शकहरुसँग प्रत्यक्ष भेटघाट गर्नेछ ।

अभिनेत्री प्रियंका कार्कीलाई ‘आलु अभिनेत्री’ भन्ने गरिन्छ । उनी जुनसुकै जनरा र जोसुकै कलाकारसँग सजिलै फिट हुन सक्छिन् । उनले नचाखेको जनरा सम्भवतः छैन । नेपाली कलाकारको कमै रोजाईमा पर्ने गरेको हरर जनरामा पनि उनको राम्रो अनुभव छ । ‘आवरण’ र ‘माला’ उनका दुई हरर फिल्म हुन् । अब यो सूचिमा ‘चि मुसी चि : इभन डेड डिजायर बिलङ्गिङ’ पनि थपिएको छ ।

