
चलचित्र विकास बोर्डविरुद्ध नेपाल चलचित्र संघले आन्दोलनको घोषणा गरेपछि बोर्डले सेन्सर सम्बन्धि नियम संशोधन गरेको छ । सोमवार बसेको बोर्डको बैठकले स्वदेशी तथा विदेशी फिल्मको सेन्सर सिफारिस लिनका लागि प्रदर्शन मितिभन्दा कम्तीमा सात दिन अगावै दरखास्त पेश गर्नुपर्ने नियमलाई परिमार्जित गर्दै अब चार दिन अगावै दरखास्त पेश गर्दा हुने नयाँ निर्णय गरेको हो ।

८०-९० को दशकमा नेपाली बालबालिकामाझ सर्वाधिक रोजाईमा परेको चकलेट थियो, ल्याक्टो । सस्तो र खोल तन्काएर एक हात लामो बनाए अरु ल्याक्टो पाइने भएकाले यो चकलेटले लामो समय राज गर्यो । वृद्ध हुन् वा बालबालिका, हरेक समुहका मानिसले यो चकलेटको स्वाद चाखेका छन् र यसको उत्पादन बन्द भएको वर्षौं भएपनि अझैसम्म त्यसको स्वाद जिब्रोले विर्सिसकेको छैन ।

हरर जनरामा निर्माण भएको फिल्म ‘चि मुसी चि : इभन डेड डिजायर बिलङ्गिङ’को पहिलो गीत सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘कथा’ बोलको प्रेमिल भावको गीतमा म्यूजिक प्रोडुसर रोहित शाक्य, गायन विराज गौतम र त्रिसला गुरुङ, म्यूजिक कम्पोजर शाक्य र गौतम छन् भने शब्द रचना सौरभ श्रेष्ठ र गायक विराज गौतमको छ ।

१० दिने नेपाल भ्रमण सकेर आइतबार स्वदेश फर्किएका बलिउड सुपरस्टार विवेक ओबरायले नेपालका नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई बधाई दिएका छन् । नेपालमा रहँदा प्रचण्डसँग भेट गरेको तस्बिर इन्स्टाग्राममा पोस्ट गर्दै उनले तेस्रा पटक सुन्दर देश नेपालको प्रधानमन्त्री बनेकोमा बधाई ज्ञापन गरेका हुन् । सोमबार प्रचण्डले प्रधानमन्त्रीको शपथ लिँदैछन् ।

‘हरि हारा वीरा मल्लू’ साउथको बहुप्रतीक्षित फिल्ममध्ये एक हो । फिल्ममा पवन कल्याण र निधि अग्रवाल मुख्य भूमिकामा छन् । कृष जगरलामुदी निर्देशक रहेको यो पेन इन्डिया फिल्ममा बलिउड सुपरस्टार बबी देओलको पनि प्रवेश भएको छ । फिल्ममा उनी मुगल सम्राट औरङ्गजेब (आलमगीर) को भूमिकामा देखिने छन् । यतिबेला उनी हैदराबादमा फिल्मको छायांकन गरिरहेका छन् ।

भाइटीकाको भोलीपल्टबाट प्रदर्शनमा आएको मल्टीस्टारर फिल्म ‘महापुरुष’पछि नेपालका हलमा दर्शकको चाप कम हुँदै गएको छ । मंसिरमा रिलिज भएका नेपाली फिल्म दर्शक अभावले हलमा एक हप्ता पनि टिक्न सकेनन् । यसको कारण कतिपयले संघीय निर्वाचनको माहोल, बढ्दो चिसो र वर्ल्ड कपलाई माने । तर, हलमा दर्शक तान्न नसकेका नेपाली फिल्म आफैंमा कमजोर थिए ।

