Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4915 - 4920 of 24029
फिल्मीखबर, काठमाडौं, 2022-12-22, बिहिवार

नेपाल सरकार मातहतको चलचित्र विकास बोर्ड र फिल्म क्षेत्रको पुरानो तथा धनी संस्था नेपाल चलचित्र संघबीच कहिल्यै सन्तुलित सम्बन्ध कायम हुन सकेको छैन । बोर्डबाट हुने हरेक किसिमका गतिविधिमा संघ जहिल्यै तीव्र असन्तुष्ट हुने गरेको छ भने चलचित्र संघका सदस्यहरुको गतिविधिले पनि बोर्ड सन्तुष्ट हुन सकेको छैन । जसले गर्दा वर्षौंदेखि यी दुई संस्थाबीच दुश्मनी सम्बन्ध छ ।

फिल्मीखबर, काठमाडौं, 2022-12-22, बिहिवार

फिल्म निर्माणमा गम्भीर मानिन्छ, दीपक-दीपा समुह । पहिलो फिल्म ‘६ एकान ६’ देखि पछिल्लो रिलिज फिल्म ‘६ माया छपक्कै’ सम्म आइपुग्दा कथावाचन र मेकिङ शैलीमा यो समुहमा परिपक्वता देखिएको छ । समाजभित्रको गम्भीर मुद्धालाई हाँस्यरससहित प्रस्तुत गर्न माहिर मानिएको यो समुहको दुहुनो गाई ‘छक्का पञ्जा’को चौंथो श्रृंखला आगामी फागुन १९ गते प्रदर्शनमा आउँदैछ ।

फिल्मीखबर, काठमाडौं, 2022-12-21, बुधवार

अभिनेत्री ऋचा शर्मा अभिनयसँगै फिल्म निर्माणमा पनि सक्रिय छिन् । ‘आधा लभ’, ‘सुनकेशरी’ फिल्मको उनले निर्माण गरेकी छन् । यसमध्ये ‘सुनकेशरी’ हरर जनराको थियो । ट्रेलर हेरेर दर्शक ठूलो अपेक्षासहित हल पुगेका थिए । तर, फिल्मले तर्साउनेभन्दा कमेडी फिल्मझैं हँसाउने काम गर्‍यो । ‘सुनकेशरी’लाई समीक्षकले ऋचाको करिअरको एउटा विर्सनलायक फिल्मको संज्ञा दिए ।

फिल्मीखबर, काठमाडौं, 2022-12-21, बुधवार

नेपालमा सबैभन्दा रिक्स जनरा मानिने हररमा आधारित फिल्म ‘चि मुसी चि : इभन डेड डिजायर बिलिङ्गिङ’को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको २ मिनेट ५२ सेकेन्ड लम्बाईको ट्रेलरमा अदृश्य शक्तिको भयले पात्रहरुमा उत्पन्न डरलाई देखाइएको छ । ट्रेलरमा तर्साउने दृश्यभन्दा थ्रिल र सस्पेन्स पाटो बढी हाबी छ ।

फिल्मीखबर, काठमाडौं, 2022-12-21, बुधवार

नेपाली पोशाकलाई विश्वमा चिनाउन फिल्म ‘आमा’का सह-निर्माता तथा असाप इन्टरटेनमेन्टका सञ्चालक सन्तोष अधिकारीले क्रुज इभेन्ट आयोजना गरेका छन् । ‘हेरिटेज अफ फेसन अष्ट्रेलिया २०२२’ नाम दिइएको कार्यक्रम आइतबार अष्ट्रेलियाको सिड्नीमा पहिलो पटक क्रुजमा आयोजना गरिएको हो । नेपाली पोशाकलाई विश्वमा पुर्‍याउन र चिनाउन क्रुज इभेन्ट गरेको सन्तोषले बताए ।

फिल्मीखबर, काठमाडौं, 2022-12-21, बुधवार

नेपालको सुन्दरतालाई कुनै विदेशी फिल्मले आकर्षक रुपमा देखाएको छ भने त्यो बलिउड फिल्म ‘उचाइँ’ हो । फिल्ममा नेपालका डाँडाकाँडादेखि सगरमाथा बेसक्याम्पसम्मको दृश्यले जो कोहीलाई लोभ्याउँछ । यसले नेपालको पर्यटन प्रवद्र्धनमा ठूलो भूमिका खेल्नेमा दुईमत छैन । विश्वलाई नेपालको पर्यटकिय गन्तव्य देखाउन र चिनाउन बलिउडले दिएको यो एउटा अमूल्य उपहार हो ।

Results : 4915 - 4920 of 24029
Most Visited News (monthly)