Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4699 - 4704 of 24030
फिल्मीखबर, काठमाडौं, 2023-02-08, बुधवार

चलचित्र विकास बोर्डले ‘चिल्ड्रेन फिल्म फेस्टिभल २०२३’को आयोजना गर्ने भएको छ । बोर्ड र ब्रिटिश काउन्सिल नेपालको संयुक्त ‘बाल चलचित्र समिति’ले आयोजना गरेको ‘बाल चलचित्र प्रतियोगिता’मा छनोट भएका १० वटा फिल्मलाई फेस्टिभलमा सहभागी गराउन लागिएको हो । ‘ओपन कल’बाट गरी प्राप्त भएका ४० वटा फिल्ममध्ये १० वटा मात्र छनोट गरिएको बोर्डले जनाएको छ ।

फिल्मीखबर, काठमाडौं, 2023-02-08, बुधवार

सेयर बाँडफाँडको विषयलाई लिएर उत्पन्न नेपाल चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघबीचको विवाद पेचिलो बन्दै गएको छ । यो समस्या समाधान गर्न दुवै संस्थाले संयुक्त कार्यदल बनाए पनि आइतवार निर्माता संघले सञ्चारमन्त्री रेखा शर्मालाई बुझाएको ज्ञापनपत्रको केही बुँदामा चलचित्र संघले आपत्ति जनाउँदै एक हप्ताभित्र स्पष्ट धारणा नआए कार्यदल भंग गर्ने चेतावनी दिएको छ ।

एजेन्सी, मुम्बई, 2023-02-07, मंगलवार

बलिउडको ‘लभ बर्ड्स’ सिद्धार्थ मल्होत्रा र कियारा आडवाणी विवाह बन्धनमा बाँधिएका छन् । फिल्म ‘शेरशाह’बाट सुरु भएको उनीहरुको प्रेम सम्बन्ध मंगलबार विवाहमा परिणत भएको हो । जैसलमेरको सूर्यगढ प्यालेसमा अग्निलाई साक्षी राखेर श्रीमान्-श्रीमतीको रुपमा जीवनभर साथ रहने वाचा गरेका दुवैले विवाहका तस्विरहरु आ-आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2023-02-07, मंगलवार

नेपाल चलचित्र निर्माता संघले आइतबार सञ्चार मन्त्री रेखा शर्मालाई भेट गरेर बुझाएको ज्ञापन पत्रको केही बुँदाप्रति नेपाल चलचित्र संघले आपत्ति जनाएको छ । संघका सदस्यहरुलाई विदेशी मुद्रा अपचलन गर्ने, राज्यकोष दोहन गर्ने, हुण्डी कारोबारलाई प्रोत्साहन दिने, आपराधिक कार्यमा संलग्न रहेको जस्तो गम्भीर, आपत्तिजनक, भ्रमपूर्ण र व्यवसायिक नैतिकता विरुद्धको आरोप लगाएको भन्दै संघले खेद प्रकट गरेको हो ।

फिल्मीखबर, काठमाडौं, 2023-02-07, मंगलवार

कलाकार पदमप्रसाद पौडेलको निधन भएको छ । मंगलबार दिउँसो ९२ वर्षको उमेरमा बुढानीलकण्ठ चपलीस्थित निजी निवासमा उनको निधन भएको कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिए । लामो समयदेखि दमको रोगबाट पीडित रहेका उनको मंगलबार साँझ पशुपति आर्यघाटमा हिन्दू संस्कार अनुसार अन्त्येष्टि गरिँदैछन् । उनी पाँच छोरा र दुई छोरीका पिता थिए ।

एजेन्सी, मुम्बई, 2023-02-07, मंगलवार

ऋषभ शेट्टीद्वारा अभिनीत तथा निर्देशित फिल्म ‘कांतारा’को सफलतापछि यसका निर्माताले प्रिक्वेल घोषणा गरेका छन् । भारतीय बक्सअफिसमा मात्रै १ सय ५० करोडको कलेक्सन गरेको फिल्मले प्रदर्शनको सय दिन पूरा गरेको अवसरमा ऋषभले प्रिक्वेल निर्माणको घोषणा गर्दै सन् २०२४ मा रिलिज हुने जानकारी दिएका छन् । हाल स्क्रिप्ट लेखनको काम भैरहेको उनको भनाई छ ।

Results : 4699 - 4704 of 24030
Most Visited News (monthly)