Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4717 - 4722 of 23833
फिल्मखबर, काठमाडौं, 2022-12-22, बिहिवार

मिलन चाम्सको नवौं निर्देशित फिल्म ‘गोर्खा वारियर’को टिजर सार्वजनिक भएको छ । सन् १९४९ मा भएको मलाया युद्धमा नेपाली गोर्खा सैनिकले देखाएको बहादुरीलाई प्रस्तुत गर्दै बिहीवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको १ मिनेट ३ सेकेन्डको टिजरले हलिउडको झल्को दिन्छ । भिएफएक्स, ब्याकग्राउन्ड स्कोर, सिनेम्याट्रोग्राफी तथा कलर ग्रेडिङ प्रशंसनीय छ ।

फिल्मीखबर, काठमाडौं, 2022-12-22, बिहिवार

१०औं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नेपालीतर्फ दिपक रौनियार निर्देशित तथा अभिनेता दयाहाङ राई अभिनीत फिल्म ‘फोर नाइट्स’ उत्कृष्ट फिक्सन फिल्म घोषित भएको छ । त्यस्तै, डकुमेन्ट्री प्रतिस्पर्धातर्फ अनिल बुढामगरद्वारा निर्देशित ‘आइरन डिगर’ उत्कृष्ट ठहरिएको छ । यी दुई फिल्मले अवार्डसहित जनही ५० हजार नेपाली रुपैयाँ हात पारेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2022-12-22, बिहिवार

नेपाल सरकार मातहतको चलचित्र विकास बोर्ड र फिल्म क्षेत्रको पुरानो तथा धनी संस्था नेपाल चलचित्र संघबीच कहिल्यै सन्तुलित सम्बन्ध कायम हुन सकेको छैन । बोर्डबाट हुने हरेक किसिमका गतिविधिमा संघ जहिल्यै तीव्र असन्तुष्ट हुने गरेको छ भने चलचित्र संघका सदस्यहरुको गतिविधिले पनि बोर्ड सन्तुष्ट हुन सकेको छैन । जसले गर्दा वर्षौंदेखि यी दुई संस्थाबीच दुश्मनी सम्बन्ध छ ।

फिल्मीखबर, काठमाडौं, 2022-12-22, बिहिवार

फिल्म निर्माणमा गम्भीर मानिन्छ, दीपक-दीपा समुह । पहिलो फिल्म ‘६ एकान ६’ देखि पछिल्लो रिलिज फिल्म ‘६ माया छपक्कै’ सम्म आइपुग्दा कथावाचन र मेकिङ शैलीमा यो समुहमा परिपक्वता देखिएको छ । समाजभित्रको गम्भीर मुद्धालाई हाँस्यरससहित प्रस्तुत गर्न माहिर मानिएको यो समुहको दुहुनो गाई ‘छक्का पञ्जा’को चौंथो श्रृंखला आगामी फागुन १९ गते प्रदर्शनमा आउँदैछ ।

फिल्मीखबर, काठमाडौं, 2022-12-21, बुधवार

अभिनेत्री ऋचा शर्मा अभिनयसँगै फिल्म निर्माणमा पनि सक्रिय छिन् । ‘आधा लभ’, ‘सुनकेशरी’ फिल्मको उनले निर्माण गरेकी छन् । यसमध्ये ‘सुनकेशरी’ हरर जनराको थियो । ट्रेलर हेरेर दर्शक ठूलो अपेक्षासहित हल पुगेका थिए । तर, फिल्मले तर्साउनेभन्दा कमेडी फिल्मझैं हँसाउने काम गर्‍यो । ‘सुनकेशरी’लाई समीक्षकले ऋचाको करिअरको एउटा विर्सनलायक फिल्मको संज्ञा दिए ।

फिल्मीखबर, काठमाडौं, 2022-12-21, बुधवार

नेपालमा सबैभन्दा रिक्स जनरा मानिने हररमा आधारित फिल्म ‘चि मुसी चि : इभन डेड डिजायर बिलिङ्गिङ’को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको २ मिनेट ५२ सेकेन्ड लम्बाईको ट्रेलरमा अदृश्य शक्तिको भयले पात्रहरुमा उत्पन्न डरलाई देखाइएको छ । ट्रेलरमा तर्साउने दृश्यभन्दा थ्रिल र सस्पेन्स पाटो बढी हाबी छ ।

Results : 4717 - 4722 of 23833