
अभिनेता प्रदीप खड्काले ‘प्रेमगीत ३’को हिन्दी डबलाई चलचित्र विकास बोर्डबाट सहयोग नमिलेको भन्दै अध्यक्ष भुवन केसीको राजीनामा नै मागेका थिए । उनले केसीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउनुका साथै दिमाग नभएको मान्छे समेत भने । यसपछि प्रदीप र भुवनबीच शितयुद्ध नै सुरु भएको छ । यतिबेला भुवन प्रदीपले लगाएका हरेक एक आरोपको जवाफ दिँदै हिँडेका छन् ।

नेपालीहरुको महान् पर्व दशैंको अवसर पारेर असोज २१ गतेबाट प्रदर्शन थालनी गरेको दीपेन्द्र लामा निर्देशित फिल्म ‘२ नम्बरी’ले बक्सअफिसमा सुखद् व्यापार गरिरहेको छ । समीक्षकबाट मिश्रित प्रतिक्रिया मिलेको भए पनि दर्शकले फिल्मलाई मनोरञ्जनको खुराक भन्दै प्रशंसा गरेका छन् । ‘वर्ड अफ माउथ’ बलियो भएका कारण फिल्मले थिएटरमा दर्शकको चाप बढाउँदै लगेको छ ।

अभिनेत्री ऋचा शर्मा निर्मित तथा अभिनीत फिल्म ‘कौसीद’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । आइतवार निर्माता केदार भुषालले फिल्मको एक पोस्टर फेसबुकमा पोस्ट गर्दै पुष १५ गतेलाई नयाँ प्रदर्शन मिति घोषणा गरेका हुन् । यसअघि गत जेठ २७ लाई प्रदर्शन मिति तोकिएकोमा विभिन्न प्राविधिक कारण देखाउँदै निर्माण टिमले अनिश्चितकालका लागि प्रदर्शन रोकेको थियो ।

बलिउडको माइलस्टोन फिल्म हो, ‘सोले’ । यो बलिउडलाई पहिचान दिलाएको फिल्म समेत हो । रमेश सिप्पी निर्देशित फिल्ममा अमिताभ बच्चन, जया बच्चन, धर्मेन्द्र, हेमा मालिनी, सञ्जीव कुमार र अमजद खानको मुख्य भूमिका छ । ‘कितने आदमी थे’ भन्ने संवाद आज पनि हिन्दी फिल्मको उत्कृष्ट संवादमध्ये एक मानिन्छ । यो फिल्म हेरेर अहिले पनि दर्शकहरु मनोरञ्जन लिने गर्दछन् ।

नेपाली फिल्मकी लोकप्रिय अभिनेत्री, निर्मात्री तथा निर्देशक रेखा थापाले आफू केन्द्रिय सदस्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जन्म जिल्ला मोरङको क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो उम्मेदवारी दर्ता गराएकी छन् । उनले आइतवार श्रीमान् बलराम शाही र राप्रपाका कार्यकर्ताको साथमा मोरङको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएकी हुन् ।

कात्तिक ११ गतेबाट प्रदर्शनमा आउन लागेको प्रदीप भट्टराई निर्देशित फिल्म ‘महापुरुष’का कलाकारहरुले मोफसलका दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्ने भएका छन् । असोज २५ गतेबाट सुरु हुने टूरमा फिल्मका कलाकारहरु हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल, रबिन्द्र सिंह बानियाँ, अरुण क्षेत्री, अन्जना बराईली, कमेडियन सुमन कार्की, चर्चित गायक निशान भट्टराई रहनेछन् ।

