Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4681 - 4686 of 24031
फिल्मीखबर, काठमाडौं, 2023-02-12, आईतवार

विवाह बन्धनमा बाँधिएर आमा भएपछि अभिनयमा पुनः सक्रिय हुन थालेकी अभिनेत्री प्रियंका कार्कीको यस वर्षका लागि तेस्रो फिल्म ‘फूलबारी’ आगामी फागुन ५ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । यस वर्ष प्रदर्शन भएका दुई फिल्म ‘लक्का जवान’ र ‘चि मुसी चि’ असफल भएका कारण यो फिल्मको सफलता उनका लागि अनिवार्य छ । र, उनी कन्टेन्ट बलियो भएकाले फिल्म सफल हुनेमा विश्वस्त छिन् ।

फिल्मीखबर, काठमाडौं, 2023-02-11, शनिवार

एक समय नेपाली फिल्ममा सशक्त उपस्थिति जनाएका अभिनेता राजबल्लभ कोइराला एक दशकदेखि काँचको पर्दामा देखिएका छैनन् । अमेरिकामा बस्दै आएका उनले पछिल्लो पटक २०७० सालमा फिल्म ‘६ एकान ६’मा काम गरेका थिए । अब उनले १० वर्षपछि फिल्म ‘कामिनो’बाट पुनरागमन गर्ने भएका छन् । शनिबार उनी स्वयंले फिल्ममा आफू आबद्ध भएको जानकारी गराए ।

फिल्मीखबर, काठमाडौं, 2023-02-11, शनिवार

अघिल्लो शुक्रबारबाट प्रदर्शनमा आएको डा. कपिल रिजालद्वारा निर्देशित फिल्म  ‘ह्यारी कि प्यारी’ले दोस्रो साताको शनिबार घरेलू बक्सअफिसमा सुखद् कमाई गरेको छ । अघिल्लो शनिबार पनि फिल्मको व्यापार सुखद् थियो । दोस्रो शनिबार राजधानीका क्यूएफएक्सको भक्तपुर, लाबिम मलका साथै वान सिनेमा, एफक्यूबलगायतमा फिल्मको दिवा र रात्री शो प्रायः हाउसफुल थिए ।

फिल्मीखबर, काठमाडौं, 2023-02-11, शनिवार

दर्शकको एउटा वर्गले चिनेका कलाकार हुन्, पुष्प खड्का र वर्षा सिवाकोटी । उनीहरुलाई विश्वास गरेर हलसम्म पुग्ने दर्शक छन् । भलै, त्यसको संख्या ठूलो नहोला । तर, के उनीहरुले दर्शकप्रति जिम्मेवार भएर फिल्म छनोट गरिरहेका छन् ? दर्शकको विश्वास कायम राख्नका लागि सचेत छन् ? शुक्रबारबाट प्रदर्शन यात्रा थालनी गरेको फिल्म ‘मनसँग मन’ हेर्दा कमसेकम त्यो चाहिँ देखिन्न ।

फिल्मीखबर, काठमाडौं, 2023-02-11, शनिवार

झन्डै एक वर्षदेखि अभिनेता पल शाहले एक घटनाका कारण जेल जीवन विताइरहेका छन् । नवलपुर जिल्ला अदालतले उनलाई २ वर्ष ६ महिना जेल सजाय सुनाएको छ भने तनहुँ जिल्ला अदालतले निर्दोष ठहर गरेको छ । अब उच्च अदालतले निर्दोष ठहर गरे वा धरौटीमा छाड्न आदेश दिएको खण्डमा पल जेलमुक्त हुनेछन् । यतिबेला उनी उच्च अदालतको आदेशको पर्खिरहेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2023-02-10, शुक्रवार

२०८० सालको बैशाख १ गते (नयाँ वर्ष) बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बुलाकी’को टिजर सार्वजनिक भएको छ । शुक्रबार म्यूजिक डटकम च्यानलबाट सार्वजनिक भएको २ मिनेट १ सेकेन्डको टिजरमा कर्णालीको ग्रामीण जीवन, रितिथिति, परम्परा र जारी प्रथाको विषयलाई प्रस्तुत गरिएको छ । टिजरमा अभिनेत्री सुरक्षा पन्त कर्णाली भेषभुषा र लवजमा दमदार देखिएकी छन् ।

Results : 4681 - 4686 of 24031
Most Visited News (monthly)