Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4693 - 4698 of 24030
फिल्मीखबर, काठमाडौं, 2023-02-09, बिहिवार

हलिउडको भूमि अमेरिकामा हुन लागेको प्रतिष्ठित ‘नेफ्टा फिल्म अवार्ड’को ११औं संस्करणको औपचारिक रुपमा घोषणा गरिएको छ । बिहीबार काठमाडौंको सोल्टी होटलमा आयोजित एक समारोहका बीच अभिनेता मदनकृष्ण श्रेष्ठले आयोजक संस्था चलचित्र प्राविधिक संघ र अमेरिकाका लागि आयोजक संस्थाका पदाधिकारीहरुलाई ट्रफी हस्तान्तरण गर्दै अवार्डको घोषणा गरेका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2023-02-09, बिहिवार

माघ पहिलो साता सुपरस्टार प्रदीप खड्काले नयाँ फिल्म ‘कामिनो’का लागि सम्झौता गरेका थिए । निर्माण टिमले फिल्ममा उनको मुख्य भूमिका रहने जानकारी गराउँदै माघ ११ गते फिल्मको थिम पोस्टर समेत सार्वजनिक गर्‍यो । तर, प्रदीपले हिजो बुधबारसम्म न फिल्ममा आफू भित्रिएको जानकारी गराएका थिए न पोस्टर शेयर गरेका थिए । जसले गर्दा निर्माण टिम सशंकित बनेको थियो ।

फिल्मीखबर, काठमाडौं, 2023-02-09, बिहिवार

एक अन्तर्वार्तामा निर्देशक शोभित बस्नेतले भुवन केसीको बारेमा एक वाक्य बोलेका थिए, ‘कन्ट्रोभर्सी विना बाँच्नै नसक्ने ।’ चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएदेखि होस् वा त्योभन्दा अगाडि, उनको बारेमा आएका कन्ट्रोभर्सीको चाङ हेर्दा निर्देशक बस्नेतको भनाईमा सत्यता देखिन्छ । बोर्ड अध्यक्ष भएदेखि त हरेक हप्ता वा महिना दिनमा एउटा न एउटा विवाद जन्मिरहेको छ ।

फिल्मीखबर, काठमाडौं, 2023-02-08, बुधवार

साउथ इन्डियन फिल्मका नामी कलाकार ब्रह्मानन्दमले पहिलो पटक नेपाली फिल्ममा काम गरिरहेका छन् । भारतको हैदराबादमा अवस्थित संसारकै सबैभन्दा ठूलो स्टूडियो मानिने रामोजी फिल्म सिटीमा छायांकन भैरहेको फिल्म ‘ह्रस्व दीर्घ’मा उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । बुधबार तेस्रो दिनमा छायांकन भइरहेको फिल्मको सेटबाट उनको क्यारेक्टर लुक्स बाहिरिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2023-02-08, बुधवार

जुनसुकै विषयमा अनापसनाप बोलेर भाइरल बनिरहेका डिल्लीराम खनालले पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग अभिनेत्री करिश्मा मानन्धरको नाम जोडेर भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएपछि करिश्माले उनीविरुद्ध साइबर ब्यूरोमा उजुरी दिएकी छन् । मंगलबार साइबर ब्यूरोमा आफूले खनालविरुद्ध उजुरी दिएको उनले फेसबुकमार्फत् जनाएकी छन् ।

फिल्मीखबर, काठमाडौं, 2023-02-08, बुधवार

फिल्म राम्रो छ भने प्रदर्शनका लागि विदाको खोजी गर्नै पर्दैन । यदि फिल्ममै दर्शक तान्न सक्ने गुण छैन भने दशैंको लामो विदामा रिलिज गरेर पनि केही फाइदा छैन । फिल्म ‘महापुरुष’ले विना विदामा पनि राम्रो कमाई गर्‍यो । तर, दशैंको विदामा आएर पनि फिल्म ‘बाबरी’ले लगानी उठाउन सकेन । यसैले फिल्म प्रदर्शनका लागि राम्रो मिति होइन, स्तरीय फिल्म बनाउन आवश्यक छ ।

Results : 4693 - 4698 of 24030
Most Visited News (monthly)