Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4705 - 4710 of 24298
फिल्मीखबर, काठमाडौं, 2023-04-13, बिहिवार

केही वर्षयता नेपाली फिल्मका स्टार कलाकारहरुले बुझ्ने पारिश्रमिक बहसको विषय बनिरहेको छ । उनीहरुले महंगो पारिश्रमिक लिँदा फिल्मको निर्माण लागत अचाक्ली बढेको तर व्यापार नबढेको गुनासो धेरै निर्माताको छ । फिल्मको लागत बढ्नबाट रोक्न र निर्मातालाई बचाउनका लागि अबदेखि स्टार कलाकारहरु सेयरमा बस्नुपर्ने निर्माता संघका अध्यक्ष नवल खड्काले बताएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2023-04-13, बिहिवार

कर्णालीमा प्रचलनमा रहेको जारी प्रथामा निर्माण भएको फिल्म ‘बुलाकी’लाई राजनीतिज्ञ, फिल्मकर्मी तथा रंग पत्रकारले रुचाएका छन् । बुधबार साँझ काठमाडौंको बिग मुभिजमा आयोजित स्पेशल शोमा फिल्मको कथावस्तु, प्रस्तुतिकरण, कलाकारको अभिनय र छायांकन पक्षको प्रशंसा भएको हो । विशेषगरि, अभिनेत्री सुरक्षा पन्त र अभिनेता नरेन खड्काको अभिनयको वाहवाही भयो ।

फिल्मीखबर, काठमाडौं, 2023-04-13, बिहिवार

निश्चल बस्नेतले निर्देशनमा कमब्याक गर्न लागेको फिल्म ‘दिमाग खराब’ आगामी वर्षको तिहारमा प्रदर्शन हुने भएको छ । निश्चलले बिहीबार निर्देशक मनोज पण्डितसँगको एक तस्बिर फेसबुकमा सेअर गर्दै फिल्म आगामी कात्तिक २४ गते प्रदर्शन हुने घोषणा गरेका हुन् । कात्तिक २५ गतेदेखि ३० गतेसम्म तिहारको विदा भएकाले निश्चलले फिल्म प्रदर्शनका लागि उक्त मिति रोजेका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2023-04-13, बिहिवार

गत असोजतिर फिल्म ‘प्रेमगीत ३’को हिन्दी डबको विषयलाई लिएर चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसी र अभिनेता प्रदीप खड्काबीच संवादहीनताको अवस्था थियो । फिल्मको हिन्दी डबलाई नेपालमा चल्न नदिने षड्यन्त्र रचिएको भन्दै प्रदीपले अग्रजप्रतिको सम्मान नै विर्सेर भुवन केसीलाई बोर्डबाट निस्कनु छैन र ? भन्दै धम्कीपूर्ण भाषा समेत प्रयोग गरेका थिए ।

फिल्मीखबर, काठमाडौं, 2023-04-12, बुधवार

आगामी बैशाख १५ गते प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘कैदीको पत्र’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार युट्युबमा सार्वजनिक गरिएको २ मिनेट ४७ सेकेन्ड लम्बाईको ट्रेलरमा एक युवक र उसको वरपर सम्बन्धित हुने व्यक्तिहरु र प्रेम सम्बन्धमा आउने उतार-चढावलाई चित्रण गरिएको छ । फिल्मको सम्पूर्ण छायांकन स्कटल्याण्डमा भएकाले दृश्यहरु निकै लोभलाग्दा छन् ।

फिल्मीखबर, काठमाडौं, 2023-04-12, बुधवार

बैशाख १ गतेलाई प्रदर्शन मिति घोषणा गरेर पनि अन्तिम घडीमा मैदान छाडेको फिल्म ‘नाईं नभन्नू ल ६’ अब आगामी बैशाख १५ गतेबाट प्रदर्शनमा आउने भएको छ । यो फिल्मले श्रमिक दिवस र बुद्ध जयन्तीको विदालाई लक्षित गर्दै उक्त मिति रोजेको हो । अब यो मितिमा त्रिपक्षीय भिडन्त हुनेछ । सोही मितिलाई यसअघि नै ‘कैदीको पत्र’ र ‘प्रसाद २’ले प्रदर्शन मिति तोकिसकेका छन् ।

Results : 4705 - 4710 of 24298