Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4663 - 4668 of 23833
फिल्मीखबर, काठमाडौं, 2023-01-03, मंगलवार

चर्चित गायक यम बरालको करिअरको सदाबहार गीत ‘बादलुको घुम्टोले’को स्थायी शब्द ‘तिमीलाई सम्झिँदा’माथि फिल्म निर्माण हुने भएको छ । गायक बराल स्वयंले फिल्मको निर्माण गर्न लागेका हुन् । लभस्टोरी कथामा बन्न लागेको फिल्मका लागि कलाकार र निर्देशकको टुंगो लाग्न बाँकी छ । फिल्मको कथाअनुसार नयाँ कलाकारको अभिनय रहने सम्भावना रहेको जानकारी प्राप्त छ ।

फिल्मीखबर, काठमाडौं, 2023-01-03, मंगलवार

नेपाल एयरलाइन्सका क्याप्टेन, सामाजिक अभियन्ता तथा अभिनेता विजय लामाले आफू अभिनीत फिल्म ‘अन्तिम संस्कार’ बुवाको अन्तिम संस्कार गरिरहेको समयमा साइन गरेकोले यो फिल्म आफ्नो लागि भावनात्मक हिसाबले एकदमै विशेष रहेको बताएका छन् । आफूलाई बुवाले फिल्ममा ल्याएको स्मरण गर्दै उनले संसारबाट विदा हुँदा पनि बुवाले आफूलाई फिल्म दिएर गएको बताए ।

फिल्मीखबर, काठमाडौं, 2023-01-03, मंगलवार

विश्वमै फस्टाएको सिरिज फिल्मको खेती नेपालमा पनि गज्जबले मौलाइरहेको छ । हिट फिल्मको नामलाई दुहुनो गाईं बनाएर पैसा छाप्न मेकरहरुबीच प्रतिस्पर्धा नै चलेको अवस्था छ । दर्शकहरुले पनि सिरिज फिल्मप्रति बढी विश्वास गरेको देखिन्छ । यसैले केही वर्षयता सिरिज फिल्मको निर्माणमा बाढी आएको छ । ‘सेल्फ ल्यान्डिङ’का लागि पनि सिरिज फिल्म मेकरको रोजाईमा पर्ने गर्छ ।

फिल्मीखबर, काठमाडौं, 2023-01-02, सोमवार

‘आदर्श जोडी’को रुपमा चिनिएका निश्चल बस्नेत र स्वस्तिमा खड्काबीच निरन्तर रुपमा व्यवसायिक सहकार्य हुँदै आएको छ । यो जोडी कहिले फिल्ममा त कहिले म्यूजिक भिडियोमा एकसाथ देखिने गरेको हुन्छ । उनीहरुलाई फिल्म र म्यूजिक भिडियोमा लिन चाहनेको संख्या ठूलो छ । तर, दुवै चित्त नबुझ्नेसम्म काम गर्दैनन् । म्यूजिक भिडियोमा गीत, फिल्ममा पात्र र टिम राम्रो खोज्छन् ।

फिल्मीखबर, काठमाडौं, 2023-01-02, सोमवार

यही पुष २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘तिम्रो मेरो साथ’को टिमले देश दौडाहा पूरा गरेर सोमबार काठमाडौं फिर्ता भएको छ । पर्यटकीय नगरी पोखराबाट सुरु भएको मोफसल टूर चितवन, हेटौंडा, सर्लाही, इटहरी हुँदै दमक पुगेर सकिएको हो । निर्देशक रमेश एमके पौडेल, कलाकारहरु पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह र सन्दीप क्षेत्री मोफसल टूरमा सहभागी थिए ।

फिल्मीखबर, काठमाडौं, 2023-01-02, सोमवार

राजनीति र फिल्ममा कोही पनि स्थायी शत्रु र मित्र हुँदैन भन्ने गरिन्छ । कुममा कुम जोडेर हिँडेकाहरु कतिबेला शत्रु बन्न पुग्छन् र शत्रुता पालेर बसेकाहरु कतिबेला कुममा कुम जोड्न पुग्छन्, अत्तोपत्तो हुँदैन । यसको उदाहरण ‘छक्का पञ्जा’ टिमभन्दा गतिलो अरु के हुनसक्छ होला र ? कुनै बेला दीपकराज गिरी र दीपाश्री निरौलासँग कुम जोडेर हिँडेकाहरु क्रमशः लाखापाखा हुँदैछन् ।

Results : 4663 - 4668 of 23833