Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4669 - 4674 of 24031
फिल्मीखबर, काठमाडौं, 2023-02-14, मंगलवार

आगामी चैत ३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हुक्का’को रोमान्टिक पोस्टर सार्वजनिक भएको छ । ‘भ्यालेन्टाइन डे’को अवसरमा मंगलवार सार्वजनिक गरिएको पोस्टरमा फिल्मका प्रमुख कलाकार तेज गिरी र अशु न्यौपाने प्रेमिल भावमा प्रस्तुत छन् । पोस्टरले फिल्ममा उनीहरु श्रीमान्-श्रीमतीको भूमिकामा रहेको बुझाउँछ । किनकि, अशुको सिउँदोमा सिन्दूर र गलामा पोते छ ।

फिल्मीखबर, काठमाडौं, 2023-02-14, मंगलवार

हेमराज विसीको निर्देशनमा बन्न लागेको फिल्म ‘जेरी अन टप’को थिम पोस्टर सार्वजनक भएको छ । मंगलवार ‘भ्यालेन्टाइन डे’को अवसर पारेर सार्वजनिक गरिएको पोस्टरमा एक युवालाई ट्रेकिङ गरिरहेको देखाइएको छ । तर, अनुहार चिन्न सकिन्न । फिल्ममा अभिनेता अनमोल केसीको मुख्य भूमिका रहने भएकाले पोस्टरमा उनलाई सांकेतिक रुपमा चित्रित गरिएको हुनसक्ने बुझिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2023-02-14, मंगलवार

एउटै कलाकारको फिल्म लगालग प्रदर्शनमा आउनु सुखद होइन । त्यसमाथि मुख्य भूमिकामा रहेको कलाकारको फिल्म एउटा हलबाट नउत्रिँदै अर्को लाग्दा जोखिम सर्वाधिक हुने गर्छ । यो अवस्थामा दर्शक त ‘कन्फ्यूज’ हुन्छन् नै, व्यवसायिक सफलताको सम्भावना पनि कम रहन्छ । यसैले एउटै कलाकारको अभिनय रहेको फिल्मको रिलिज अन्तर बढाउनु नै सबैभन्दा बुद्धिमानी हो ।

फिल्मीखबर, काठमाडौं, 2023-02-13, सोमवार

यस वर्ष प्रदर्शन भएको फिल्म ‘कबड्डी ४’ले ‘रेकर्ड ब्रेक’ कलेक्सन मात्र गरेन, मल्टीप्लेक्सहरुमा सर्वाधिक शो पाउने पहिलो नेपाली फिल्म समेत बन्यो । देशभर फिल्मले ९० प्रतिशत शो ‘होल्ड’ गरेको थियो । तर, यही फिल्मको टिम संलग्न नयाँ फिल्म ‘फूलबारी’ले ‘कबड्डी ४’को तुलनामा न्यून शो पाएको छ । मल्टीप्लेक्सहरुमा फिल्मलाई ३५ प्रतिशतसम्म शो मिलेको छ । यद्यपि, यो सुखद हो ।

फिल्मीखबर, काठमाडौं, 2023-02-13, सोमवार

प्रमोद कँडेलको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘बहाव’को सोमवार प्रदर्शन मिति घोषणा गर्दै फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । आगामी चैत २४ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्मको फर्स्टलुकमा अभिनेत्री सुरक्षा पन्त सुँगालाई कैद गरिएको फलामे पिंजडा बोकेको अवस्थामा चित्रित छिन् । उनको अनुहारमा आशा, निराशा, शून्यता र जिज्ञासाको भाव देखिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2023-02-13, सोमवार

भोलि प्रणय दिवस । प्रेम गर्नेहरुको लागि विशेष दिन । प्रेम सम्बन्धमा रहेका जोडी मात्र होइन, प्रेम गर्ने तरखरमा रहेकालाई पनि ‘भ्यालेन्टाइन डे’ विशेष हुने गर्छ । प्रेम अभिव्यक्त गर्नका लागि यो दिन उपयुक्त मानिन्छ । प्रेम सम्बन्धमा रहेका सेलिब्रेटीहरुका लागि पनि प्रेम दिवसको महत्त्व छुट्टै छ । तर, अभिनेता पुष्प खड्काले ‘भ्यालेन्टाइन डे’ आफ्नो सधैं खाली गैरहेको बताएका छन् ।

Results : 4669 - 4674 of 24031
Most Visited News (monthly)