Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4543 - 4548 of 24031
फिल्मीखबर, काठमाडौं, 2023-03-16, बिहिवार

मौलिक नेपाली फिल्मका प्रणेता मानिने निर्देशक प्रताप सुब्बाको निधन भएको छ । दार्जिलिङमा बस्दै आएका उनको अस्पतालमा उपचारको क्रममा बिहीबार विहान ७५ वर्षको उमेरमा निधन भएको हो । सन् १९४७ मा दार्जिलिङमा जन्मिएका सुब्बाले ७ वटा फिचर फिल्म, ६ वटा वृतचित्र, ५ वटा भिडियो फिल्म, १३ वटा टेलिफिल्म र ५ वटा नाटकको निर्माण तथा निर्देशन गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2023-03-16, बिहिवार

चैत ४ गते हुन लागेको नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका मोहन निरौलाले आफ्नो प्यानल घोषणासहित एजेन्डा सार्वजनिक गरेका छन् । बुधबार अध्यक्ष पदकी उम्मेदवार रेजिना उप्रेतीले प्यानल घोषणा गरेपछि बिहीबार निरौलाले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफ्नो प्यानलको उपाध्यदेखि सदस्यसम्मको उम्मेदवार घोषणा गरेका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2023-03-16, बिहिवार

नेपाली फिल्ममा अभिनय गर्ने कलाकारहरुको साझा संस्था नेपाल चलचित्र कलाकार संघको यही चैत ४ गते नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदैछ । अध्यक्ष पदमा मोहन निरौला र रेजिना उप्रेती उठेका छन् भने ४६ जनाले उम्मेदवारी दर्ता गरिसकेका छन् । त्यसमध्ये चिनिएका कलाकारहरु ज्यादै कम छन् । हुन त संघले चलेका र चिनिएका कलाकाहरुलाई आकर्षित गर्नै सकेको छैन ।

फिल्मीखबर, काठमाडौं, 2023-03-16, बिहिवार

मिस नेपाल पृष्ठभूमिकी शुभेक्क्षा खड्का शहरी युवापुस्तामाझ धेरथोर परिचित छिन् । उनको उद्घोषण कलाको प्रशंसक धेरै छन् । फिल्म ‘रणवीर’बाट अभिनेत्रीको रुपमा समेत डेब्यू गरेकी उनको दोस्रो फिल्म ‘प्रेमा’ चैत १७ गतेबाट प्रदर्शनमा आउँदैछ । डेब्यू फिल्मबाट सफलता र प्रशंसा पाउन चुकेकी शुभेक्क्षा यसपटक आफ्नो अभिनय कलाले दर्शकको मन जित्नेमा आत्मविश्वासी छिन् ।

फिल्मीखबर, काठमाडौं, 2023-03-16, बिहिवार

निर्देशक हेमराज विसी र अभिनेता अनमोल केसी नेपाली फिल्मका हिट जोडी हुन् । अनमोललाई ‘स्टार’ बनाउने श्रेय हेमराजलाई जान्छ भने हेमराजलाई निर्देशकको रुपमा चिनाउने श्रेय अनमोललाई दिने गरिन्छ । किनकि, अभिनेता र निर्देशकको रुपमा दुवैको सुरुवात एउटै फिल्मबाट भएको थियो । त्यो फिल्म थियो, ‘होस्टेल’ । पहिलो फिल्म नै सफल हुँदा दुवै फिल्म क्षेत्रमा स्थापित भए ।

फिल्मीखबर, काठमाडौं, 2023-03-15, बुधवार

एक घटनाका कारण एक वर्ष जेल जीवन विताएर गत फागुन १५ गते रिहाइ भएका अभिनेता तथा मोडल पल शाह एक वर्षपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । चार्टर्ड हेलिकप्टरमार्फत् उनी बुधबार जनयुद्धको उद्गम थलो रुकुममा जारी रुकुम महोत्सवमा सहभागी भएका हुन्, जहाँ उनलाई हेर्नकै खातिर करिब ३० हजार बढी दर्शकहरु उपस्थित भएका थिए ।

Results : 4543 - 4548 of 24031
Most Visited News (monthly)