
यही मंसिर ४ गते ५ वर्षका लागि हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा विभिन्न उम्मेदवारलाई समर्थन गर्दै कलाकारहरु पनि मैदानमा उत्रेका छन् । कोही पार्टीका उम्मेदवार जिताउने अभियानमा छन् भने कोही स्वतन्त्र उम्मेदवारको पक्षमा खुलेका छन् । यसअघिका निर्वाचनमा उम्मेदवारहरुलाई जिताउन कलाकारहरुको यसखालको सक्रियता देखिएको थिएन ।

सार्वजनिक व्यक्ति भएपछि उसको नीजि जीवन होस् वा व्यवसायिक, सबै सार्वजनिक हुन्छन् । कहिले काहिँ यी कुराले समस्या पनि निम्त्याउँछ । कतिपय अवस्थामा फाइदा पनि पुगेको हुन्छ । विशेषगरि, कलाकारहरुको नीजि र व्यवसायिक जीवनको बारेमा आम मानिस र मिडियाले निकै चासो दिने गरेका हुन्छन् । उनीहरुले गर्ने जुनसुकै गतिविधिले चर्चा र विवाद दुवै जन्माउन सक्छ ।


नेपालमा खिचिएको बलिउड फिल्म ‘उचाइँ’ले कम स्क्रिनका बावजूद विकेन्डमा राम्रो कमाई गर्यो । विकेन्डमा १० करोड ५० लाख कमाएको फिल्मको चौंथो दिनबाट कमाईको रफ्तार कमजोर बनेको छ । शुक्रवार १ करोड ८१ लाख, शनिवार ३ करोड ६४ लाख, आइतवार ४ करोड ७१ लाख कमाएको फिल्मले सोमवार १ करोड ८८ लाख र मंगलवार १ करोड ७६ लाखको मात्र कमाई गर्यो ।

नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डका प्रमुखबीच फिल्मको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने विषयमा छलफल भएको छ । बुधवार पर्यटन बोर्डमा भएको छलफलमा बोर्डका सीइओ धनञ्जय रेग्मी र चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीसँगै वितरक तथा निर्माता सुनिल मानन्धर, चलचित्र विकास बोर्डका सल्लाहकार सदस्य विधान कार्कीलगायतको पनि उपस्थिति रहेको थियो ।

म्यूजिक भिडियो हुँदै ‘नाईं नभन्नू ल ४’बाट फिल्ममा चम्किएका अभिनेता पल शाहको जीवनमा यतिबेला ठूलो संकट आएको छ । एक नाबालिगले बलात्कारको जाहेरी दिएपछि उनले ९ महिनादेखि जेल जीवन विताइरहेका छन् । गत भदौमा नवलपुर जिल्ला अदालतले बाल यौन दुरुपयोग मुद्धामा उनलाई २ वर्ष ६ महिना जेल सजाय सुनायो । उनी अहिले तनहुँ जिल्ला कारागारमा छन् ।

