Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4537 - 4542 of 24031
फिल्मीखबर, काठमाडौं, 2023-03-18, शनिवार

७ वर्षअघि प्रदर्शन भएको फिल्म ‘पशुपति प्रसाद’ व्यावसायिक रुपमा मात्र सफल भएन, यसको कथावस्तुदेखि पात्रसम्म दर्शकको मानसपटलमा बसेको छ । पशुपति प्रसाद (खगेन्द्र लामिछाने), भष्मे डन (विपिन कार्की), बुनु (वर्षा सिवाकोटी), हनुमान (रविन्द्र सिंह बानियाँ)को चरित्र फिल्मको मेरुदण्ड थियो । अब यो फिल्मको चरित्र केन्द्रित सिक्वेल बन्दैछ, ‘पशुपति प्रसाद २ : भष्मे डन’ ।

फिल्मीखबर, काठमाडौं, 2023-03-17, शुक्रवार

महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले कहीँ भनेका थिए, ‘यदि कुनै व्यक्ति कहिल्यै असफल भएको छैन भने त्यसको अर्थ उसले आफ्नो जीवनमा कहिले केही नयाँ गर्ने कोसिस नै गरेको छैन ।’ यसैले असफलता जीवनको एउटा वास्तविकता हो, जसको सामना सबै मानिसले आफ्नो जीवनकालमा गर्नुपर्छ । यसबाट कोही भाग्न सक्दैन । ‘मेगास्टार’ कहलिएका अनमोल केसी पनि सकेनन् ।

फिल्मीखबर, काठमाडौं, 2023-03-17, शुक्रवार

आगामी बैशाख २१ गतेबाट प्रदर्शनमा आउन लागेको रेनशा वान्तवा राई निर्देशित फिल्म ‘ज्याकी : आई एम ट्वान्टी वान’को पहिलो गीत सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पत्रकारलाई देखाउँदै सार्वजनिक गरिएको ‘कथा’ बोलको गीतमा फिल्मका प्रमुख दुई पात्र धिरज गुरुङ र जसिता गुरुङ फिचर्ड छन् । गीतमा उनीहरुको ‘डान्स मुभ’ सशक्त छ ।

फिल्मीखबर, काठमाडौं, 2023-03-17, शुक्रवार

बहुपति प्रथामा आधारित भएर निर्माण भएको फिल्म ‘टुल्की’को प्रदर्शन मिति हेरफेर भएको छ । यही चैत ३ गतेलाई प्रदर्शन मिति घोषणा गरिएकोमा अब साढे २ महिना पछाडि गर्दै आगामी जेठ १२ गतेबाट फिल्म प्रदर्शनमा आउने भएको छ । यो फिल्मले अघिल्लो वर्ष नेपाल ग्रामिण चलचित्र महोत्सव नेरुफ मा उत्कृष्ट फिचर फिल्म तथा ‘स्क्रिनप्ले’को अवार्ड जित्न सफल भएको थियो ।

फिल्मीखबर, काठमाडौं, 2023-03-17, शुक्रवार

टेक पौरखी राईको निर्देशनमा बन्न लागेको फिल्म ‘जय हो’को औपचारिक रुपमा घोषणा गरिएको छ । बिहीबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच फिल्मको निर्माण घोषणा गर्दै आगामी भदौ ८ गतेलाई प्रदर्शन मिति पनि घोषणा गरियो । आगामी चैत्र ५ गते (आइतबार)देखि छायांकनमा निस्कने फिल्मलाई मुस्ताङमा ९० प्रतिशत र तालनगरी पोखरामा १० प्रतिशत खिचिनेछ ।

फिल्मीखबर, काठमाडौं, 2023-03-17, शुक्रवार

२०७३ सालको व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल फिल्म ‘पशुपति प्रसाद’को चरित्र केन्द्रित सिक्वेलको रुपमा निर्माण हुन लागेको फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’को मुहूर्त गरिएको छ । शुक्रबार धार्मिक स्थल पशुपतिनाथ मन्दिरको आँगनमा स्क्रिप्ट र क्यामेरा पूजाआजा गर्दै फिल्मको मुहूर्त गरिएको थियो । मुहूर्त समारोहमा फिल्मका निर्देशकदेखि कलाकारसम्म उपस्थित थिए ।

Results : 4537 - 4542 of 24031
Most Visited News (monthly)