Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4549 - 4554 of 23529
फिल्मीखबर, काठमाडौं, २०७९ मंसिर ५, आईतवार

अघिल्ला निर्वाचनमा उम्मेदवारहरुको पक्षमा सेलिब्रेटीहरु उत्तिसाह्रो खुल्ने गरेका थिएनन् । तर, यसपालि स्थानीय र सङ्घीय दुवै चुनावमा सेलिब्रेटीहरु विभिन्न उम्मेदवारको पक्षमा उभिए । यो भीडमा सबैभन्दा अगाडि देखिए, कलाकार निर्मल शर्मा । स्थानीय तहको निर्वाचनमा बालेन शाहलाई समर्थन गरेका उनले सङ्घीय निर्वाचनमा विभिन्न युवा उम्मेदवारहरुका लागि मत मागेका थिए ।

फिल्मीखबर, काठमाडौं, २०७९ मंसिर ५, आईतवार

अभिनेत्री अदिती बुढाथोकीले फिल्म ‘बाबरी’बाट करिब ४ वर्षपछि कमब्याक गरिन् । डेब्यू फिल्म ‘कृ’ रिलिजपछि मुम्बई केन्द्रित भएकी उनलाई आफ्नो कमब्याक फिल्मप्रति ठूलो आशा थियो । तर, फिल्मले प्रतिक्रिया सुखद् बटुले पनि व्यापार सुखद् गरेन । न त उनको अभिनयकै चर्चा भयो । फिल्ममा उनले अभिनयभन्दा आफू कसरी सुन्दर देखिने भन्नेमा बढी मिहिनेत गरेको देखिन्थ्यो ।

फिल्मीखबर, काठमाडौं, २०७९ मंसिर ५, आईतवार

आज सङ्घीय चुनाव । ५ वर्षका लागि प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनिने दिन । विहान ७ बजेदेखि देशभर मतदान भइरहेको छ । बेलुका ५ बजेसम्म मतदान जारी रहनेछ । निर्वाचनमा सहभागी भएर आफ्नो क्षेत्रको प्रतिनिधि चुन्नु हरेक नागरिकको कर्तव्य हो । कलाकारहरु पनि सबेरै मतदानस्थलमा पुगेर मतदान गरिरहेका छन् भने आम मानिसलाई पनि मतदान गर्न सामाजिक सञ्जालबाट आग्रह गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, २०७९ मंसिर ४, शनिवार

लागू औषधविरुद्धको सन्देशसहित निर्माण भएको फिल्म ‘सरी मम’मा समावेश ‘निःस्वार्थ माया’ बोलको रोमान्टिक थिमको गीत सार्वजनिक भएको छ । शुक्रवार साँझ यूट्युब रिलिज गरिएको गीतमा प्रज्वल श्रेष्ठको स्वर रहेको छ भने प्रज्वलले नै शब्द तथा संगीत संयोजनको काम गरेका छन् । यो गीतले फिल्मका युवा पात्रहरुको प्रेम र मित्रता बोल्छ । गीतको अडियो पक्ष बलियो छ ।

फिल्मीखबर, काठमाडौं, २०७९ मंसिर ४, शनिवार

नेपालमा वर्षेनि कयैन् विदेशी फिल्मको छायांकन हुने गर्छन् । तर, एकाध फिल्मले मात्र नेपालको सुन्दरतालाई महत्त्व दिन्छन् । यतिबेला प्रदर्शनरत बलिउड फिल्म ‘उचाईं’ले भने नेपाल प्राकृतिक रुपमा कति सुन्दर र धनी छ भन्ने कुरा संसारलाई देखाएको छ । फिल्म हेर्नेको ध्यान नेपालको सुन्दरताले बढी खिच्छ । यसले नेपालको पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका खेल्न सक्ने देखिन्छ ।

एजेन्सी, मुम्बई, २०७९ मंसिर ३, शुक्रवार

यस वर्षको सेप्टेम्बर अन्तिममा रिलिज भएको तमिल फिल्म ‘पोन्नियिन सेल्वन १’ले कमाईमा ठूलो रेकर्ड बनाएको छ । प्रदर्शनको ५० दिने यात्रामा रहेको फिल्मले विश्वभरबाट ५ सय करोड कमाएको छ । योसँगै यस वर्षका ‘केजीएफ २’ र ‘आरआरआर’पछि ५ सय करोडको कमाई गर्ने तेस्रो साउथ फिल्म बनको छ । फिल्मले भारतभर मात्रै ३ सय करोडभन्दा बढीको कमाई गरेको छ ।

Results : 4549 - 4554 of 23529