
यही माघ २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको कैलाश राईद्वारा निर्देशित फिल्म ‘मनसँग मन’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार सार्वजनिक २ मिनेटको ट्रेलरमा अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा सिवाकोटीको प्रेममा आउने उतार-चढावलाई देखाइएको छ । ट्रेलरको सुरुवातमा वर्षा पुष्पको प्रेममा छन् भने क्लाइमेक्सतिर उनको विवाह बुद्धि तामाङसँग भएको देखिन्छ ।

नेपालमा सिक्वेल फिल्मप्रति मेकर र दर्शक दुवैको विश्वास अडिएको छ । यसैले पछिल्लो समय नयाँ नाममा भन्दा सिक्वेल फिल्म बढी बनिरहेका छन् । तर, प्रायः सिक्वेल ब्याज खाने हिसाबले निर्माण भएको देखिन्छ । न अघिल्लो कथासँग कनेक्सन हुन्छ न त पात्रको निरन्तरता । व्यवसायिक हिसाबले सिक्वेल बनिरहेका छन् । अझ भनौं हिट फिल्मको नामलाई दुहुनो गाईं बनाइएको छ ।

विवादित नीजि कम्पनी सूर्य कर्पोरेसनसँग सहकार्य गरेर चलचित्र विकास बोर्डले फेब्रअरी १२ देखि १५ सम्म दुबईमा आयोजना गर्न लागेको ‘नेपाल्स सिनेमा फेष्ट २०२३’ संकटमा पर्ने देखिएको छ । वैदेशिक रोजगार विभागले ८० बढी राहदानी र विदेशमा कामदार पठाउने भन्दै रकम लिएको कागजपत्र समेत फेला पारेको कम्पनीलाई बोर्डले फेस्टिभल गर्ने जिम्मा दिएपछि विवाद चुलिएको छ ।

नेपाली फिल्मका दुई शर्मा अभिनेत्री पूजा र आँचल समकालिन हुन् । करिअरको सुरुवात केही वर्ष ढिलो-चाँडो भए पनि उनीहरु उमेरसँगै फिल्म र म्यूजिक भिडियोको संख्यामा पनि लगभग बराबर छन् । त्यस्तै, दुवैको अहिलेसम्म पाँचवटा फिल्म हिट छन् । यसैले उनीहरुलाई एकअर्काको प्रतिस्पर्धी भनिन्छ । तर, दुवैको सम्बन्ध देखावटी जति राम्रो देखिन्छ, वास्तविकतामा त्यस्तो छैन ।

फिल्म ‘प्रेमगीत ३’को हिन्दी डबको प्रदर्शनको विषयमा विवाद चुलिँदा फिल्म क्षेत्र दुई कित्तामा विभाजित भएको थियो । फिल्मको समर्थनमा बोल्ने जति निर्देशक तथा निर्माता सन्तोष सेन र अभिनेता प्रदीप खड्काका प्यारा भए । जसले समर्थनमा नबोलेर सुझाव दिन्थे, उनीहरुलाई सेन र खड्का गाली गरिहाल्थे । त्यसबेला उनीहरुले झरना थापा, भुवन केसी, सरोज खनालसम्मलाई छाडेनन् ।

२०७३ सालमा व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल ठहरिएको माइलस्टोन फिल्म ‘पशुपति प्रसाद’को चरित्र केन्द्रित सिक्वेल ‘पशुपति प्रसाद २ : भष्मे डन’को निर्माण घोषणा गरिएको छ । ‘पशुपति प्रसाद’ प्रदर्शनको ७ वर्ष पूरा भएको अवसरमा आइतबार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको कलाकारको ‘लाइनअप’ सार्वजनिक गर्नुका साथै प्रदर्शन मिति समेत घोषणा गरियो ।

