
यस वर्ष नेपाली फिल्मले घरेलु बक्स अफिसमा १ अर्बभन्दा बढीको व्यापार गरेको छ । सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार चैत १३ गतेसम्म प्रदर्शन भएका ५६ वटा फिल्मबाट १ अर्ब ८ करोड ३८ लाख ५७ हजार ९१० रुपैयाँ बराबरको कमाइ भएको हो । यो अघिल्लो वर्षको तुलनामा भने झन्डै ७० करोड कम हो ।

गत माघमा प्रदर्शन भएको ‘आ बाट आमा’पछि नेपाली फिल्महरूले घरेलु बक्स अफिसमा अपेक्षित व्यापार गर्न सकेका छैनन् । यस्तैमा गत शुक्रबार (१३ चैत)बाट प्रदर्शनमा आएको फिल्म ‘हामी तीन भाइ’ले पनि निराशाजनक व्यापार गरेको छ । चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांक अनुसार प्रदर्शनको ९ दिनमा फिल्मले ६ लाख ३२ हजार ग्रस कमाएको छ ।

नेपालमा निरन्तर फिल्म बनाउने निर्माताको संख्या निकै न्यून छ । धेरैजसो त एउटा फिल्म व्यावसायिक रूपमा असफल भएपछि यो क्षेत्रबाट सधैंका लागि टाढा हुन्छन् । तर, केही यस्ता निर्माता पनि छन्, जसले फिल्म निर्माणलाई नाफा र घाटाको रूपमा नहेरी यसलाई आफ्नो कर्म ठानेका छन् । र, निरन्तर फिल्म बनाइरहेका छन् । त्यसमध्ये एक हुन्, सुशील पोखरेल ।

आगामी बैशाख १८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लालीबजार’को पहिलो गीत ‘मायालाई के दिऊँ म बैना’ दर्शकमाझ लोकप्रिय बनिसकेको छ । एक महिनामा गीतलाई युट्युबमा मात्र १ करोड भ्यूज मिलेको छ भने यसमा लाखौंको संख्यामा टिकटक, रिल्स र सर्टस् बनेका छन् । फिल्मको पहिलो गीत नै हिट भएपछि आइतबार दोस्रो गीत सार्वजनिक गरिएको छ ।

हास्य कलाकार सागर लम्साल (बले)लाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ । बलात्कारको आरोपमा शनिबार बूढानीलकण्ठबाट पक्राउ परेका उनलाई आइतबार दिउँसो हतकडी लगाएर सरकारी वकिल कार्यालयमा बयानका लागि उपस्थित गराएपछि म्याद थप गर्न जिल्ला प्रशासन कार्यालय पुर्याइएको थियो ।

‘पिके डन’को रूपमा परिचित प्रदीपकुमार चौधरी अब निर्देशक बनेका छन् । फिल्म ‘तरङ्ग’बाट उनले निर्देशकीय यात्रा सुरू गरेका हुन् । यो फिल्मको आइतबार फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा फिल्मका मुख्य जोडी वरुण अधिकारी र रविना केसी मौन भावमा देखिएका छन्, जसले प्रेमको संकेत गर्छ । यो उनीहरू दुवैको डेब्यू फिल्म हो ।

