मिति : २०८२ वैशाख १९, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 385 - 390 of 22567
फिल्मीखबर, काठमाडौं, २०८१ माघ १६, बुधवार

आगामी फागुन १४ गते (महाशिवरात्रि)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘फेरि रेशम फिलिली’को दोस्रो चरणको पोस्टर बुधबार सहिद दिवसको दिन पारेर सार्वजनिक गरिएको छ । जारी दुईवटा पोस्टरले फिल्मको कथावस्तुबारे महत्त्वपूर्ण जानकारी गराउँछ । धेरै नेपालीको स्वप्न मुलुक अमेरिकाप्रतिको आशक्ति र आकर्षणलाई मियो बनाएर फिल्मले कथावाचन गरेको पोस्टरले प्रष्ट पार्छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ माघ १६, बुधवार

मंगलबार काठमाडौं जिल्ला अदालतले गत माघ ४ गते प्रदर्शन भएको फिल्म ‘एक्टर’सँग नाम मिलेको विषयमा बुधबार (आज)बाट प्रदर्शन हुने भनिएको ‘एक्टर : टेक वान’को प्रदर्शन रोक्न अन्तरिम आदेश जारी गर्‍यो । योसँगै फिल्मको प्रदर्शन रोकिएको छ । अर्को आदेश नआउँदासम्म अब फिल्म रिलिज हुन पाउने छैन । जसले गर्दा फिल्मका निर्मातालाई ठूलो आर्थिक क्षति भएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ माघ १५, मंगलवार

अंग्रेजी कवि तथा नाटककार विलियम शेक्सपियरले कहीँ भनेका थिए, ‘नाममा के नै छ र ?’ तर, नेपाली फिल्म क्षेत्रमा भने नाममै सबथोक छ । नामकै लागि लडाइँ हुने गरेको छ । तात्तातो उदाहरण ‘एक्टर’ र ‘एक्टर : टेक वान’ हुन् । गत माघ ४ गते प्रदर्शित ‘एक्टर’का निर्माताले नाम चोरेर फिल्म बनाएको भन्दै ‘एक्टर : टेक वान’विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्धा नै दायर गरे ।

फिल्मीखबर, काठमाडौं, २०८१ माघ १५, मंगलवार

काठमाडौं जिल्ला अदालतले भोलि बुधबारबाट प्रदर्शनमा आउने भनिएको फिल्म ‘एक्टर : टेक वन’को प्रदर्शन रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । मंगलबार भएको प्रारम्भिक सुनुवाईपछि न्यायाधीश ढाकाराम पौडेलको एकल इजलासले उक्त आदेश दिएको हो । अदालतको आदेशसँगै अब फिल्म भोलिबाट प्रदर्शनमा आउने छैन ।

फिल्मीखबर, काठमाडौं, २०८१ माघ १५, मंगलवार

प्रणय दिवसको दिन पारेर आगामी फागुन २ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘दुःखी आत्मा’को टिजर र ‘ब्रेकअप कविता’ले चर्चा पाइरहँदा पहिलो गीतको रुपमा मंगलबार ‘जुनीजुनी भरिलाई’ सार्वजनिक गरिएको छ । रोमान्टिक भावको गीतमा केतन क्षेत्री र मुना ठटालको पार्श्व गायन छ भने इश्वर कार्कीको शब्द रचना तथा संगीत छ । उदयराज पौडेलले एरेञ्ज गरेका हुन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ माघ १५, मंगलवार

भोलि बुधबार (माघ १६ गते, शहीद दिवस)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘एक्टर : टेक वन’को सोमबार साँझ भक्तपुरस्थित क्यूएफएक्स सिनेमाजमा आयोजित प्रिमियर दुईवटा कारणले विशेष बन्न पुग्यो । पहिलो, १० वर्षपछि फिल्ममा पुनरागमन गरेका अभिनेता राजबल्लभ कोइरालाको उपस्थिति । दोस्रो, फिल्म हेरेपछि उपस्थित फिल्मकर्मीबाट सकारात्मक प्रतिक्रियाको ओइरो ।

Results : 385 - 390 of 22567