Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मिलनको ‘गोर्खा वारियर’ हलमा, हिट हुन १० करोडको दबाब

फिल्मीखबर, काठमाडौं, 2024/02/23

gorkha wariwar

 

निर्देशक मिलन चाम्स पूर्व बिट्रिस गोर्खा सैनिक हुन् । तर, फिल्मप्रतिको मोहका कारण उनले जागिरे जीवन नै त्यागिदिए । यद्यपि, उनलाई गोर्खा सैनिकको कथामा फिल्म बनाउने हुटहुटी थियो । त्यही हुटहुटीले जन्मिएको हो, ‘गोर्खा वारियर’ । अनुसन्धान तथा छायांकन र पोस्ट प्रोडक्सन गरी उनले यो फिल्मलाई १० वर्ष समय दिएका छन् । र, शुक्रबारबाट उनको परीक्षा सुरु भएको छ ।

पहिलो नेपाली ‘जंगल वार’ फिल्म मानिएको ‘गोर्खा वारियर’ ५ करोडमाथिको लागतमा बनेको हो । यो लगानी सुरक्षित गर्न फिल्मले घरेलू बक्स अफिसमा १० करोडमाथिको कमाई गर्नुपर्नेछ । यो आफैंमा चुनौतीपूर्ण भए पनि असम्भव छैन । एकातिर फिल्म सोलो रिलिज भएको छ भने अर्कोतिर प्रिमियरमा सुखद् प्रतिक्रिया मिलेको छ । यसको प्रभाव बक्स अफिसमा देखिन सक्ने प्रक्षेपण छ ।

सन् १९४९ मा ‘मलाया इमरजेन्सी जंगल वार’मा नेपाली गोर्खा सैनिकले देखाएको बहादुरीको कथामा आधारित भएर निर्माण भएको फिल्ममा विजय लामा, रितेश चाम्स, रियर राई, रेविका गुरुङ, शिशिर वाङ्देल, कविता आले, सुरज तमु, विरुप गोले, त्रिचु राई, दिग्गज खत्री लगायतको अभिनय छ । यो फिल्मले करिब ७० वर्ष अगाडिको नेपाली समाजको अवस्थालाई पनि चित्रण गरेको छ ।

निर्देशक चाम्स र गिरीराज घिमिरेको संयुक्त लेखन रहेको फिल्मको निर्मातामा सुमन राई र सुस्मिता वाइवा छन् भने प्रशान्त थापा र राजेन्द्र घिमिरे कार्यकारी निर्माता हुन् । सुरेश राई सह-निर्मातामा छन् । फिल्ममा सुदीप बरालको छायांकन, हिमाल केसीको द्वन्द्व निर्देशन र मिलन श्रेष्ठको सम्पादन छ । ‘गोर्खा वारियर’लाई ब्रिटिस प्रधानमन्त्री ऋषि सुनकले समेत शुभकामना दिएका छन् ।

Most Visited News (monthly)