मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यस्तो रह्यो कलाकारको होली (तस्वीरसहित)

फिल्मीखबर, काठमाडौं, 2024/03/24

madankrishna shrestha

 

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आइतबार पहाडी र सोमबार तराई जिल्लामा मनाइँदैछ । असत्यमाथि सत्यको विजय भएको उपलक्ष्यमा मनाउने पर्व हो, होली । असत्यको पक्षमा लागेकी होलिकाको दहन भएको स्मरणमा यो पर्व मनाउने गरिएको छ । आफन्त र साथीभाईसँग मिलेर विभिन्न रङ तथा पानी खेलेर खुसी साट्ने पर्वको रुपमा होलीलाई लिइन्छ ।

 

ramit


नेपाली फिल्मका कलाकारहरुले पनि होली मनाएका छन् । कलाकार मदनकृष्ण श्रेष्ठले परिवारको साथमा होली मनाएको तस्वीर फेसबुकमा साझेदार गरेका छन् भने अभिनेता विराज भट्टले दुई छोरा र श्रीमतीलाई रङ लगाइदिँदै होलीको खुसी साटेका छन् । अभिनेत्री तथा निर्देशक झरना थापाले पनि श्रीमान् सुनिल कमार थापासहित नजिकका व्यक्तिहरुसँग रमाउँदै होली खेलेकी छन् ।

 

biraj bhatta


अभिनेता रमित ढुंगानाले आमालाई रङ लगाइदिएको तस्वीर फेसबुकमा सेअर गरेका छन् भने अभिनेत्री प्रियंका कार्कीले श्रीमान् र छोरीसँग होली मनाएकी छन् । अभिनेत्री पूजा शर्माले आफ्नै रेस्टुरेन्टमा प्रेमीसहित कलाकार शिशिर राणा र वितरक करण श्रेष्ठसँग होली खेलेको तस्वीर प्राप्त भएको छ । अभिनेत्री सुपुष्पा भट्टले पनि श्रीमान् तथा निर्माता रौनिक विक्रम कँडेलसँग होली मनाइन् ।

 

jharna thapa


अर्की अभिनेत्री केकी अधिकारीले आफ्नो निर्माण र अभिनय रहेको फिल्म ‘बोक्सीको घर’को प्रचार गर्न काठमाडौंको एक होटलमा होली कार्यक्रम राखेकी थिइन् । त्यहाँ उनले फिल्मको टिम र पत्रकारसँग रङ साटासाट गर्दै होली मनाइन् । अभिनेत्री नम्रता श्रेष्ठले भने आफ्नै रेस्टुरेन्टमा होली खेलेकी छन् । सञ्चिता लुईंटेल, शिल्पा मास्के, आना शर्मा, विपिन कार्की लगायतले पनि होली मनाए ।

 

Keki Adhikari

pooja sharma

namrata shrestha

priyanka karki

supuspa bhatta

shilpa maskey

diwakar bhattarai