मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘मेयर’को क्लाइमेक्स खिच्न उतारियो ११ हजार मानिस

फिल्मीखबर, काठमाडौं, 2024/03/24

राजनीतिक विषयमा फिल्म बनाउनु चुनौतीपूर्ण मानिन्छ । त्यसको क्यानभास नै ठूलो हुन्छ । हरेक दृश्यमा मानिसको भीड चाहिन्छ । आमसभा, र्‍याली, भेला, झडप जस्ता दृश्य खिच्न हजारौंको भीड देखाउनुपर्छ । त्यो जुटाउन बजेट पनि ठूलै लाग्छ । यसैले त्यस्ता दृश्यमा ‘भिएफएक्स’को साहरा लिइन्छ । हलिउड होस् वा बलिउड फिल्म, आमसभाजस्ता दृश्य प्रायः ‘भिएफएक्स’बाटै बनाइन्छ ।

 

movie mayor (5)


तर, निर्देशक दीपेन्द्र के. खनालले आफ्नो नयाँ फिल्म ‘मेयर’का लागि लगभग हरेक दृश्यमा मानिसको भीड ओरालिरहेका छन् । सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरत कुमार थापाको जीवनमा आधारित भएर बनिरहेको फिल्मको शनिबार बागमतीमा क्लाइमेक्स खिचिएको थियो, जहाँ ११ हजार मानिस सहभागी भए । यो दृश्य फिल्मको महत्त्वपूर्ण हिस्सा रहेको खनाल बताउँछन् ।

 

movie mayor (6)


क्याइमेक्सको दृश्य आमसभाको थियो । फिल्मको सेटबाट उपलब्ध तस्वीरमा अभिनेता खगेन्द्र लामिछाने मञ्चमा भाषण गरिरहेको अवस्थामा देखिएका छन् भने मानिसको भीडमा अभिनेत्री वर्षा राउतलाई देख्न सकिन्छ । फिल्ममा खगेन्द्रले मेयर थापाको भूमिका निभाएका छन् भने वर्षा उनको श्रीमतीको भूमिकामा छिन् । छायांकनको क्रममा केही एम्बुलेन्सको समेत व्यवस्था गरिएको थियो ।

 

movie mayor (5)


निर्देशक खनाल क्याइमेक्समा ११ हजार भीड जम्मा हुनुमा मेयर थापा र फिल्मप्रति सर्लाहीबासीको प्रेम मान्छन् । उनी भन्छन्, ‘यो फिल्मप्रति सर्लाहीबासीको प्रेम हो । आफ्नो व्यवसाय बन्द गरेर उहाँहरु सुटिङमा सहभागी हुनुभएको थियो । यो भरत थापाप्रतिको विश्वास पनि हो । किनकि, फिल्मै उहाँमाथि बनेको छ । हामीले क्यामेरा मात्र लिएर गएको भए त्यो भीड जटाउन असम्भव थियो ।’

 

movie mayor (7)


यसअघि पानीको फोहोरा फ्याकेको दृश्य खिच्न पनि चार हजार मानिस जम्मा गरिएको थियो । त्यो दृश्य खिच्न एकदमै गाह्रो भएको निर्देशक खनालको अनुभव छ । ‘वाइड एङ्गलमा चार हजार मानिससम्म पानी पुर्‍याउन एकदमै गाह्रो भएको थियो । तर, दुई/तीन हजार मान्छे त फिल्मको लगभग हरेक सिनमा छ,’ दीपेन्द्रले भने । फिल्मले मागेको जस्तो क्यानभास पाएकोमा उनी खुसी छन् ।

 

movie mayor (5)


अझै २५ दिन बागमतीमै छायांकन हुने फिल्ममा हरिहर शर्मा, अनुप बराल, प्रकाश घिमिरे, रमेश बुढाथोकी, रवीन्द्र झा, दिव्यदेव, आशान्त शर्मा, सञ्जोग रसाइली लगायतको पनि अभिनय छ । यो फिल्मबाट मेयर थापाकी छोरी अर्विशा थापाले डेब्यू गर्दैछिन् । निर्देशक खनालकी छोरी श्रृष्टिमाँ खनाल र शर्मिला पाण्डे निर्माता रहेको फिल्मका कार्यकारी निर्माता निर्देशक खनाल आफैं हुन् ।