मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘महाजात्रा’को आक्रामक व्यापार, दुई दिनमै नाघ्यो ३ करोड

फिल्मीखबर, काठमाडौं, 2024/03/24

haribansha acharya

 

दशैं/तिहारपछि नेपाली फिल्मको व्यापार सुस्ताएको थियो । केही फिल्मको व्यापार सुखद् देखिए पनि बक्स अफिसलाई पूर्ण रुपमा चलायमान बनाउन सकेका थिएनन् । यसैले फिल्म क्षेत्रकै अपेक्षा र आशा ‘महाजात्रा’मा थियो । त्यो अपेक्षामा फिल्म खरो उत्रिएको छ । फागु पूर्णिमा (होली)को अवसर पारेर शुक्रबारबाट प्रदर्शन भएको फिल्मले व्यापारमा आफ्नो बलियो स्टारडम देखाएको छ ।

निर्माण टिम षट्कोण आर्ट्सले सार्वजनिक गरेको बक्स अफिस तथ्यांकअनुसार फिल्मले पहिलो दिन (शुक्रबार) १ करोड २३ लाख र दोस्रो दिन (शनिबार) १ करोड ८६ लाखसहित दुई दिनमा ३ करोड ६ लाख कमाएको छ । दुई दिन फिल्मलाई उपलब्ध शोजमा दर्शक अकुपेन्सी उच्च थियो । ‘माउथ पब्लिसिटी’ अब्बल भएकाले आगामी दिनहरुमा पनि फिल्मको व्यापार स्थिर रहने देखिन्छ ।

आइतबार काठमाडौंका मल्टीप्लेक्सहरुले होलीका कारण दिउँसो १/२ बजेपछिको शोज उपलब्ध गराएका छन् । जसले गर्दा तेस्रो दिनको व्यापारमा केही कमी आउन सक्छ । यद्यपि, प्राप्त शोजमा बुकिङ उत्साहजनक छ । अब ‘डोर सेल’ पनि त्यही अनुमातमा भए फिल्मले एक करोड हाराहारी कमाउन सक्नेछ । काठमाडौंसँगै मोफसलका ठूला सहरहरुमा पनि फिल्मको व्यापार राम्रो छ ।

 

mahajatra


फिल्मको व्यापारिक ट्रेन्ड हेर्दा पहिलो हप्तामा ५ करोडको आँकडा नाघ्न सक्ने सम्भावना प्रवल छ । र, ‘लाइफटाइम कलेक्सन’ १० करोड नाघ्न सक्नेछ । प्रदीप भट्टराईको निर्देशनमा तयार भएको ‘महाजात्रा’मा हरिवंश आचार्य, विपिन कार्की, वर्षा राउत, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, राजाराम पौडेल आदिको अभिनय छ । मध्यान्तरअघिको कमेडी पाटोलाई दर्शकले बढी रुचाएका छन् ।