मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘डिग्री माइला’ मेरो लागि दोस्रो इनिङ : ऋचा शर्मा

फिल्मीखबर, काठमाडौं, 2024/03/25

Achal Sharma and Richa Sharma

 

विवाहपछि अभिनेत्री ऋचा शर्माको दुई फिल्म प्रदर्शन भए, ‘हिजो आजका कुरा’ र ‘चि मुसी चि’ । तर, यी दुईटै फिल्म सफल हुन सकेनन् । यतिबेला ‘कमेडी च्याम्पियन’को निर्णायक रहेकी उनले यस वर्ष लगातार फिल्ममा काम गरिरहेकी छन् । गत भदौदेखि फागुनसम्ममा उनले तीनवटा फिल्मको छायांकन सकाएकी छन् । जसमध्ये ‘डिग्री माइला’ यही चैत ३० गते प्रदर्शनमा आउँदैछ ।

यो फिल्ममा ऋचाको मुख्य भूमिका छैन । उनले विशेष भूमिकामा अभिनय गरेकी छन् । यसै हप्ता सार्वजनिक ट्रेलर हेर्दा फिल्ममा उनी शिक्षा अधिकारी वा निरीक्षकको भूमिकामा हुनसक्ने आँकलन गर्न सकिन्छ । सानो भूमिका भए पनि उनले ‘डिग्री माइला’लाई आफ्नो करिअरको दोस्रो इनिङ मानेकी छन् । निर्देशक रामबाबु गुरुङसँग काम गर्ने चाहना पूरा भएकोमा पनि उनी खुसी छिन् ।

‘फिल्ममा मेरो छोटोमीठो अनुभव रह्यो । राम दाईसँग काम गर्ने भित्री मनदेखि नै चाहना थियो । र, उहाँले अफर गर्ने वितिक्कै नाइँ भन्ने त सवाल नै थिएन । यो उहाँसँगको सहकार्यको सुरुवात हो,’ ऋचाले आफ्नो भूमिकाबारे अगाडि भनिन्, ‘मेरो भूमिका एकदमै विशेष छ । मेरै भूमिकाबाट फिल्ममा सबै कुराको सुरुवात हुन्छ । मेरो लागि बच्चा भइसकेपछिको यो दोस्रो इनिङ जस्तो लाग्छ ।’

फिल्मको मुख्य भूमिकामा रहेकी अभिनेत्री आँचल शर्मा भने रामबाबु गुरुङसँग काम गर्न पाएकोमा आफूलाई भाग्यमानी ठान्छिन् । उनी भन्छिन्, ‘रामबाबु दाईसँग काम गर्ने चाहना छ भनेर मैले एक पोडकास्टमा पनि भनेकी थिएँ । उहाँसँग काम गर्न पाएकोमा आफूलाई भाग्यमानी ठान्छु । राम दाईको टिमै एउटा प्याकेज हो । मैले यो फिल्ममा काम गरेपछि टिमवर्क के हो भन्ने बुझेको हुँ ।’