मिति : २०८१ वैशाख २१, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सगरमाथा क्षेत्रको ट्रेकिङ गरेकी ज्योतिका भन्छिन्, ‘नेपाली वास्तविक जीवनका नायक’

फिल्मीखबर, काठमाडौं, 2024/04/20

jyotika

 

साउथ सुपरस्टार ज्योतिका सरवनले यसै साता ट्रेकिङमार्फत् सगरमाथा क्षेत्रको भ्रमण गरेकी छन् । साथीहरुसहित नेपाल आएकी उनी काठमाडौं हुँदै हवाई उडानमार्फत् लुक्ला क्षेत्र (सगरमाथा प्रवेशद्वार) ओर्लिएकी थिइन् । त्यसपछि ट्रेकिङ गर्दै उनी सगरमाथा बेसक्याम्प पुगिन् । दश दिन नेपालमा विताएकी उनले यात्राको क्रममा खिचेका तस्वीर र भिडियो इन्स्टाग्राममा पोस्ट गरेकी छन् ।

उनले नेपालीलाई ‘वास्तविक जीवनका नायक’ भन्दै भ्रमण अविस्मरणीय बनेको उल्लेख गरेकी छन् । अदुवाको चियादेखि लसुनको सूपसम्म र सबैभन्दा पुरानो सूर्योदयदेखि सबैभन्दा जादूयी सूर्यास्तसम्म अनुभव गरेको बताउँदै ज्योतिकाले लेखेकी छन्, ‘सबै मेरो हृदयमा सधैं सम्झना रहिरहनेछ ।’ उनले आफूहरुको सामान बोकिदिने नेपालीलाई ‘जवान आइरनम्यान’ भनेर प्रशंसा गरेकी छन् ।

सगरमाथा क्षेत्रको पदयात्रा गर्नुभन्दा अगाडि उनले काठमाडौंमा तीन दिन विताएकी थिइन् । काठमाडौंस्थित साम होटलमा बसेकी उनले पशुपतिनाथ मन्दिर, हनुमानढोका दरवार स्क्वायर, कालभैरव लगायतका पर्यटकीय तथा धार्मिक क्षेत्रको भ्रमण पनि गरिन् । उनको लुक्लादेखि सगरमाथा क्षेत्रसम्मको पदयात्रा २ दिनको थियो । त्यहाँबाट हेलिकप्टरमार्फत् उनी काठमाडौं फर्किएकी थिइन् ।

ज्योतिकाले तमिल, तेलुगू, मलायलम र बलिउडका कयौं फिल्ममा काम गरेकी छन् । सन् १९९८ मा आएको फिल्म ‘डोली सजा के रखना’बाट बलिउडमा डेब्यू गरेकी उनको तमिलमा भने ‘वाली’बाट डेब्यू भएको थियो । उनी पछिल्लो पटक ब्लकबस्टर बलिउड फिल्म ‘शैतान’मा देखिएकी थिइन् । यो उनको २६ वर्षपछि बलिउड कमब्याक थियो । उनी साउथ सुपरस्टार सूर्याकी श्रीमती हुन् ।

 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Jyotika (@jyotika)