मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘खबुरे ब्रो’को ‘मनि मनि’ गीतमा पैसा उडाउँदै नीति

फिल्मीखबर, काठमाडौं, 2024/04/21

niti shah

 

यही बैशाख २८ गतेबाट प्रदर्शनमा आउन लागेको अभिनेत्री नीति शाहको डेब्यू फिल्म ‘खबुरे ब्रो’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘मनि मनि’ बोलको गीतमा कुशल पोखरेलको स्वर तथा शब्द एवं केपासको संगीत छ । गीतले पैसाको बयान गर्छ । आराम गर्नदेखि मान्छे जलाउनसम्म पैसा चाहिने गीतमा उल्लेख छ । भिडियोमा नीतिसहितका कलाकारहरु पैसा उडाउँदै प्रस्तुत छिन् ।

सुरज सुनुवारको निर्देशनमा तयार भएको फिल्ममा रेअर राई, महेश त्रिपाठी, नवीन मानन्धर, विनिता थापा, पुस्कर कार्की, प्रकाश भुजेल, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, दीप चन्द्र राई लगायतको पनि अभिनय रहेको छ । फिल्ममा रेअर र नीतिको जोडी बाँधिएको छ । कुनै बेला धरानमा चर्चित मानिएका खजुरे ब्रो पात्रबाट प्रभावित भएर फिल्म बनेको हो । तर, यो बायोपिक होइन ।

दिव्यदृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन तथा मल्टी प्रपोजसँगको सहकार्यमा निर्माण गरेको फिल्मका निर्माता नविन मानन्धर तथा सुरज सुनुवार हुन् । सुनील श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर सह-निर्माता तथा डायमण्ड उप्रेती कार्यकारी निर्माता रहेको यो फिल्ममा शिशिर विशंखेको छायाँकन र मित्र डि. गुरुङको सम्पादन छ भने ‘लभ गर्ने मान्छे’ गीतमा अनमोल गुरुङको संगीत छ ।