मिति : २०८१ वैशाख २०, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

‘बोक्सीको घर’ सबैका लागि, हलमा राखियो बोक्सी हराएको सूचना

काठमाडौं, काठमाडौं, 2024/04/19

keki adhikari

 

आगामी शुक्रबार अर्थात् बैशाख १४ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘बोक्सीको घर’ यतिबेला ट्रेलर र ‘बुझिनँ मैले’ गीतका कारण चर्चा छ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले प्रचारमा पनि फरक शैली अपनाएको छ । सेलिब्रेटीहरुलाई फिल्मको नाम अंकित केक कोसेली पठाइएको छ भने हल-हलमा ‘बोक्सी हराएको सूचना’ राख्दै दर्शकहरुको ध्यान आकर्षित गरिएको छ ।

यसैबीच, फिल्मले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट प्रदर्शन अनुमति पाएको छ । शुक्रबार बोर्डका पदाधिकारीहरुले फिल्म हेरेपछि यूनिभर्सल सर्टिफिकेट प्रदान गरेका छन् । अब यो फिल्म सबै उमेर समूहका दर्शकले हेर्न पाउनेछन् । ट्रेलर हेर्दा भने फिल्मले पीजी सर्टिफिकेट पाउने सम्भावना देखिन्थ्यो । यो फिल्मको लम्बाई १ घण्टा ४९ मिनेट ३९ सेकेण्ड तय गरिएको छ ।

सुलक्षण भारतीको लेखन तथा निर्देशनमा बनेको फिल्ममा केकी अधिकारी, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला, सुलक्षण भारती, श्वेच्छा राउत लगायतको अभिनय छ । केकी स्वयं प्रस्तुतकर्ता रहेको फिल्मको निर्मातामा उनका बुबा बद्री अधिकारी छन् भने राज घिमिरे कार्यकारी निर्माता हुन् । आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’माथि आधारित रहेर फिल्म बनेको हो ।

 

boksi ko ghar


यस फिल्ममा केकी कथित बोक्सीको भूमिकामा छिन् । यो पात्र आफ्नो ‘कम्फर्ट जोन’को नभएको उनको भनाई छ । ट्रेलर रिलिज कार्यक्रममा उनले भनेकी थिइन्, ‘यो मेरो ‘कम्फर्ट जोन’को पात्र होइन । मैले धेरै मिहिनेत गर्नुपर्ने पात्र थियो । ६ महिना त वर्कसप गर्‍यौं । आवाजदेखि शारीरिक हाउभाउमा पनि काम गर्‍यौं ।’ कहिल्यै नदेखिएको कथा पर्दामा आउन लागेको उनको जिकिर छ ।