Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21391 - 21396 of 23996
फिल्मीखबर, काठमाडौँ, 2012-05-03, बिहिवार

गत सोमबार जनकपुरको रमानन्द चौकमा भएको बम विष्फोटमा ज्यान गुमाएकी अभिनेत्री रञ्जु झालाई सरकारले सहिद घोषणा गरेको छ ।

फिल्मीखबर, काठमाडौँ, 2012-05-03, बिहिवार

२०५४ सालमा ब्ल्कबष्टर भएको फिल्म 'अल्लारे' को पार्ट–२ बनाईने भएको छ । निर्माता समेत रहेका निर्देशक अशोक शर्माले अल्लारेको कथा अहिलेको अवस्थामा पनि उत्तिकै ताजा रहेको  भन्दै त्यसलाई नयाँ पुस्ताको हाऊभाऊसँग  केन्द्रित गरेर पार्ट–टू बनाउन लागेको जानकारी गराए  ।

फिल्मीखबर, काठमाडौँ, 2012-05-02, बुधवार

भोली शुक्रबारबाट दुई नयाँ फिल्म 'फूल' र सम्झिराख है' प्रदर्शनमा आउने छन् । शिब रेग्मी निर्देशित फूल देशभरका ४५ वटा पर्दामा प्रदर्शन हुनेछ भने रेम बिक निर्देशित फिल्म 'सम्झिराख है' मोफसलका केहि हलमा रिलिज हुनेछ ।

 

अनुप भट्टराई, काठमाडौँ, 2012-05-02, बुधवार


गत शुक्रबार क्यूएफएक्स च्यानलको कुमारीहलमा हलिउड फिल्म टाईटानिक हेर्न गएका दुई दर्शक ठगिएको बिषयमा क्यूएफएक्सले माफी माग्दै फटाई गर्ने  आफ्नो कर्मचारीलाई बर्खाष्त गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-05-02, बुधवार

गत फेब्रुअरी १० तारिखका दिन कतारबाट प्रदर्शनको यात्रा शुरू गरेको फिल्म 'मिस यू' नेपालमा फाल्गुन पाँच गतेका दिन सार्वजनिक प्रदर्शन भयो । त्यस लगत्तै बिश्वका बिभिन्न मुकुकमा फिल्म प्रदर्शनरत छ । यहि क्रमलाई निरन्तरता दिंदै युके रिलिजका लागि अभिनेता तथा निर्माता दिलिप रायमाझी आज त्यस तर्फ प्रस्थान गरेका छन् ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-05-02, बुधवार

विदेशी भुमिमा आयोजना हुने साँस्कृतिक कार्यक्रममा केही सुस्ताएका महानायक राजेश हमाल यो पटक भने लामै समय लण्डनमा रमाए । गत चैत्र २७ गते नयाँ बर्ष लक्षित गर्दै विविध साँस्कृतिक कार्यक्रममा सहभागी हुन लण्डन पुगेका हमाल ठीक २३ दिनको दिन स्वदेश फर्किएका छन् ।

Results : 21391 - 21396 of 23996