Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फरक कथावस्तु र पृथक शैलीमा `नागरिक`

श्यामसुन्दर गिरी, चितवन, 2012/07/03

देशको वर्तमान राजनीतिक खिचातानी कुर्चीको मोहका कारण दिन प्रतिदिन खस्कदै गएको राजनैतिक अवस्था र भ्रष्ट नेताहरुले आम नागरिक माथि गरेको कुठाराघातबाट असह्य नागरिकहरु पिल्सिएका छन् भने बढ्दो महंगो, असुरक्षा लगायतका समस्याले नागरिकको अवस्था दयनीय बन्दै गईरहेको छ ।

 

अहिलेको समय राजनीतिको ‘र’ पनि उच्चारण गर्न नचाहने आम नागरिकको यथार्थतालाई लिएर फिल्म मार्फत नागरिकका समस्याहरुलाई प्रष्ट रुपमा उजागर गरी राष्ट्रियतालाई कायम राख्न आम नागरिकको अहम् भूमिका प्रति स्पष्ट रहेको नेपाली फिल्म 'नागरिक' ले पछिल्लो समयमा बन्ने गरेका अश्लील फिल्महरुलाई चुनौती दिंदै एक समसामयिक र पारिवारिक कथालाई उठान गरेको छ ।
 

नेपाली समाजले अश्लील फिल्मलाई स्वीकार गर्न नसकेको र त्यो अवस्थामा आम नागरिकको जनबोलीलाई प्रस्तुत गर्न खाचो रहेको भन्दै मुन ईन्टरटेन्मेन्ट प्रालिको व्यानरमा निर्मातात्रय यौवन राजभण्डारी, आयुश्री राजभण्डारी र सर्भानी राज्य दूलालको निर्माण र निर्देशक समाजका अध्यक्ष विमल पौडेलको लेखन तथा निर्देशनमा छायाड्कन भईरहेको सो फिल्मको चितवन र नवलपरासीमा २५ प्रतिशत छायाड्कन कार्य सम्पन्न गरी सोमबार काठमाडौं फर्किएको छ ।

अन्य फिल्ममा भन्दा केही पृथक शैलीको काम गरेको कारण 'नागरिक' लाई आम नेपाली दर्शकहरुले मन पराउनेमा निर्देशक पौडेल बिश्वस्त छन् । पछिल्लो समयमा बन्ने गरेको अश्लील ‘सी’ ग्रेडका फिल्मलाई ठाडो चुनौती दिंदै राजनैतिक कथावस्तुलाई समेटेर नेपालीको आवाज बुलन्द पार्दै राष्ट्र र राष्ट्रियता प्रति समर्पित 'नागरिक' एक पारिवारिक रहेको निर्देशक पौडेलले फिल्मीखबरलाई बताए ।
 

जेठ १४ गते संबिधान नबनेपछीको अवस्थाबाट सुरु हुने कथामा लामो समयपछी बरीस्ठ कलाकार विश्व बस्नेत र सरिता गिरीलाई लिड रोलमा देख्न पाइनेछ भने रमेश बुढाथोकी, गणेश उप्रेती, पुष्पराज आचार्य, मोहन श्रेष्ठ, दिव्यादेव पन्त, राहुल केसी, अनु शाह, सफलता खनालले मुख्य भुमिका निर्वाह गरेका छन् । फिल्ममा सत्यराज चौलागाईको सहायक निर्देशन , राजु थापाको छायाड्कन ,पुष्प आचार्यको गीत र लक्ष्मण शेषको संगीत रहेको छ । 'नागरिक' आगामी मंसिरमा रिलिज हुने निर्माण पक्षको भनाई छ ।

Most Visited News (monthly)