
केहि बर्ष पहिले एकाध नेपाली फिल्म बिदेशी फिल्म फेस्टिभलमा जान्थे तर अहिलेको पछिल्लो समयमा नेपाली चलचित्रहरूले बिदेशी फेस्टिभलमा भाग लिने क्रममा तिब्रता देखिएको छ ।

वान लाईन स्टोरी सहित ईन्सोरेन्स बापतको १३ हजार र हुलाक टिकटका लागि पचास रूपैया भए सजिलै सिनेमा दर्ता हुने प्रचलनलाई चलचित्र बिकास बोर्डले पूर्ण नियन्त्रण गर्ने योजना सार्वजनिक गर्न लागेको छ ।


माया, प्रेम र रोमान्स समेटिएर तयार भएको नेपाली चलचित्र 'के म तिम्रो साथी वन्न सक्छु' मलेसियामा वर्ल्ड प्रिमियर हुने भएको छ । चलचित्र प्रदर्शनको तयारीका लागि निर्माता कृषा चौलागाई शनिवार विहान मलेसिया आईपुगेकी छिन् ।

गत माघ २० गतेबाट काठमाण्डौ उपत्यकामा प्रदर्शनको सुरुवात गरेको चलचित्र 'काठमान्डू' यहि फाल्गुन २६ गतेबाट नेपालगंजको बागेश्वरी चलचित्र भवनमा सफलताको साथ भव्य प्रर्दशन भैरहेको छ ।


