मिति : २०८२ ज्येष्ठ ६, मंगलवार
Most Recent News Headlines
Results : 21133 - 21138 of 22625

सन्तोष गौतम, बेनी, २०६८ भाद्र ६, मंगलवार
दशबर्षे जनयुद्धको विषय समेटेर निर्माण भएको चलचित्र 'कमरेड'को मंगलबार बेनीमा बिशेष प्रदर्शन गरिएको छ । आरबिए फिल्मसको ब्यानरमा निर्मल जिसीले निर्माण गरेको सो चलचित्र बेनीको म्याग्दी सिनेमा हलमा प्रदर्शन गरिएको हो ।

फिल्मीखबर, काठमाण्डौ, २०६८ भाद्र ६, मंगलवार
चलचित्र निर्देशक समाजले भाद्र १७ गते आठौं बार्षिक साधारण सभा गर्ने भएको छ । लामो समय देखि हुन नसकेको बार्षिक कार्यक्रम अब भने हुने करिब पक्का पक्कि नै भएको समाजका अध्यक्ष केपी पाठकले फिल्मीखबरलाई बताए ।

फिल्मीखबर, काठमाण्डौ, २०६८ भाद्र ६, मंगलवार
नेपाली चलचित्र क्षेत्रमा मोटा व्यक्तिहरू कम छन् तर चर्चामा छन् । बिशेष गरी मोटा व्यक्तिहरूको सूचिमा कलाकार तथा निर्देशक निर शाह, खल अभिनेता बिजय देउजा, कलाकार सिपी पौडेल, निर्मल शर्मा, आर पि भट्टराई, रवि शर्मा तथा पत्रकार शान्ति प्रिय पर्दछन् ।

फिल्मीखबर, काठमाण्डौ, २०६८ भाद्र ६, मंगलवार
पछिल्लो समयमा संगीत क्षेत्रमा जमेका युवासंगीतकार अर्जुन पोखरेल पहिलो पटक मुम्बई गएर गीत रेकर्डिङ गराउने भएका छन् । गीत रेकर्डिङका लागि मंगलबार मुम्बई जान लागेका अर्जुनले चार चलचित्रका गीत एकै पटक रेकर्ड गराउने भएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, २०६८ भाद्र ५, सोमवार
नारीहरुको महान पर्ब हरितालिका तिजको अवसर पारेर इजरायलमा नेपाली कथानक चलचित्र 'सायद' को प्रिमियर हुने भएको छ । ओएस नेपाल डटकमले आयोजना गर्न लागेको सो प्रिमियर समारोहमा चलचित्रकी नायिका झरना थापा र नायक तथा निर्माता सुनिल रावल उपस्थित हुने भएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, २०६८ भाद्र ५, सोमवार
नेपाली चलचित्र क्षेत्रमा म्युजिक भिडियो निर्देशकहरू दिन प्रति दिन थपिंदै छन् । भुषण दाहाल, आलोक नेम्वाङ, सिमोस सुनुवार, प्रशन्न पौडेल पछि अहिले अर्का म्युजिक भिडियो निर्देशक बिभोर पोखरेल पनि ठूलो पर्दाको निर्देशक बन्दै छन् ।