Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 5.00/5.00)
Text size:-
+
-

महानायकको सपना पुरा नहुने भो !

फिल्मीखबर, काठमाण्डौ, 2012/08/17

महानायक राजेश हमालको एउटा सपना थियो जुन सपना अब पुरा नहुने भएको छ । आफ्नो निर्देशनमा फिल्म बनाउने तयारीलाई केही पर सारे पनि उनले मामा दीपक रायमाझीको अपुरो प्रजेक्टलाई पुरा गर्ने बचन दिएका थिए तर दिएको बचनमा अष्ट्रेलियन नायिका सराह मावेको हाई डिमान्डले महानायकको त्यो सपनामा पुरा हुनमा रोकावट आएको छ ।


२० प्रतिशत सुटिङ बाँकी रहेको डेष्टिनेशन काठमाण्डूको बाँकी निर्देशन आफैले गर्ने घोषणा समेत गरेका महानायकसंग क्षमा माग्दै निर्माण युनिटले फिल्मको स्क्रिप्टलाई ५० प्रतिशत पुनः हेरफेरी गरी सुटिङ सुरु गर्ने निर्णय गरेको छ । 'अब खिचिएको बाँकी ३० प्रतिशत सिन फ्यालिन्छ अनि ५० प्रतिशत नयाँ सिन खिचेर फिल्मलाई पुरा गरिन्छ', डेष्टिनेशन काठमाण्डूको मुख्यसहायक निर्देशक मधुसुधन भट्टराईले भने । बाँकी सुटिङ अब भट्टराईको निर्देशनमा पुरा हुने छ ।


भदौ २९ देखि रिलिज हुने सो टिमको अर्को फिल्म व्ल्याक मेल रिलिजका कारण यो एक महिना सो टिम प्रोमोशनमा ब्यस्त हुने छ भने सो ब्यस्ततासंगै परिवर्तित स्क्रिप्ट करेक्सनमा पनि ब्यस्त हुने छ । दीलिप रायमाझीको अपोजिटमा अष्ट्रेलियन नायिका मावे लिड रोलमा रहेको उक्त फिल्मको बाँकी सुटिङका लागि नायिकाले अनपेक्षित रकम मागेपछि  सो यूनिटले साराहको भागमा रहेको ५० प्रतिशत स्क्रिप्टलाई हेरफेर गर्ने निर्णय गरेको हो । सो फिल्मको बाँकी सुटिङ असोज १५ देखि सुरु हुने छ ।

Most Visited News (monthly)