
४२ डिग्री तापक्रमको कारण मञ्जरी फिल्मबाट हिरोईनमा डेब्यू गर्न लागेकी सुजाता कोईराला टाईफाईडले थलिएछी सो युनिट तनावमा छ । हिरोईन सहित अर्की कलाकार कोपिला थापा तथा १३ जना प्राविधिक पनि चर्को गर्मीले विरामी पर्न थालेपछी अपेछित रुपमा सुटिङ अगाडी बढाउन सकेको छैन सो युनिटले ।

कतारको राजधानी दोहामा चलचित्र विकास बोर्डले आयोजना गर्ने भनेको अर्न्तराष्ट्रिय चलचित्र महोत्सव नहुने भएको छ । बोर्डको आयोजनामा भदौको ५ गतेदेखी ७ गतेसम्म खाडी मुलुक कतारमा गर्ने निर्णय गरेको थियो ।

करिब अढाई घण्टा ढिलो शुरू भएको फिल्म 'संसार आफ्नै' को अडियो लञ्च कार्यक्रममा हिरो हिरोइन नआए पछि निर्माता गोबिन्द शाहीको मुहारमा खासै चमक देखिएन । शाही मात्र हैन उपस्थित सञ्चारकर्मीले पनि कलाकार बिनाको अडियो लञ्चलाई खल्लो महसुस गरे ।

गत असार ८ गते राजधानी र १५ गतेबाट मोफसलका हलमा प्रदर्शन भईरहेको फिल्म 'किन लाग्छ माया' को डिभिडी राईट १० लाख ६ हजारमा बेचिएको छ ।

नायक रमित ढुङगाना अमेरिकामा घाईते भएका छन् । २ महिना अघि अमेरिका पुगेका रमित न्युयोर्कको बेल्ली जिममा जिम गर्ने क्रममा घाईते भएका हुन् । उनको दाहिने हातको बुढी औँलाको नशा च्यापिएको छ ।

पछिल्लो समयको प्रतिक्षित फिल्मको रूपमा हेरिएको 'मायाज बार' निर्धारित मिती भन्दा एकसाता अघि रिलिज हुने भएको छ । 'खास कारण त केहि छैन तर हामीले श्रावण १२ गते रिलिज गर्दा राम्रो हुने लक्षण देखेर सारेका हौं', निर्देशक दिनेश डिसीले फिल्मीखबरलाई बताए ।

