
अमेरिकामा प्रदर्शन हुन लागेको फिल्म 'सायद' को प्रोमोशनका लागि आयोजक आईच प्रोडक्सनले झिल्के कान्छीको भिडियो तयार गरेको छ । आफुले मन पराएकी कान्छीलाई फकाउन झिल्केले सायदको साहारा लिएको भिडियोमा हेर्न सकिनेछ ।

जेठ १४ मा संविधान जारी हुने भएकाले संघियताको माग गर्दै पूर्व मेची देखि पश्चिम महाकाली सम्मका जिल्लाहरूमा हरेक दिन बन्द र हडताल हुन थालेका छन् र त्यहि बन्द हडतालको प्रत्यक्ष मारमा नेपाली फिल्म उधोग परेको छ ।

पाँचतारे होटलदेखी पार्टी प्यालेस तथा रेष्टुराँमा आयोजना हुने फिल्मकर्मीको कार्यक्रममा सामान्य पनि व्यवस्थित नहुँदा कार्यक्रमले आकर्षण गुमाउँदै गएको छ ।

सेक्स फिल्मको उपमा पाएको 'द लास्ट किस' का लागि नायिका शोभिता सिंखडाले लिप किस पनि नगरेको रहस्य खुलाएकी छिन् । फिल्मीखबरसँग कुरा गर्दै नायिका सिंखडाले आफ्ना बारेमा नकारात्मक टिप्पणी भईरहेको बताउँदै भनिन्, 'मैले लिप किस पनि गरेकी छैन तर टङ किस गरेकी छ भन्ने हल्ला चलिरहेको छ ।'

सिजी इन्टरटेन्मेण्टको व्यानरमा युवानिर्देशक प्रचण्डमान श्रेष्ठले निर्देशन गरेको फिल्म 'भिजा गर्ल' को म्युजिकल प्रोमो रिलिज गरिएको छ । बिहिबार राति फेसबुक मार्फत सो फिल्मको प्रोमो रिलिज गरिएको हो ।

गत सोमबार जनकपुरको रमानन्द चौकमा भएको बम विष्फोटमा ज्यान गुमाएकी अभिनेत्री रञ्जु झालाई सरकारले सहिद घोषणा गरेको छ ।

