Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चालिस पुगेपछि बल्ल नाचिन् नम्रता

फिल्मीखबर, काठमाण्डौ, 2012/08/22

रुपकी धनी नम्रता श्रेष्ठले यस अघि यसरी कहिलै पनि नाचेकी थिईनन्  तर मंगलबार कोरियोग्राफर शिव विकले उनलाई विभिन्न अनुभूतिका साथ नचाउन सफल भए । 

 
बलिउडका विभिन्न फिल्मका आइटम गीतमा जसरी कैटरिना कैफले कम्मर मर्काएर एक किसिमको छाप छाडेकी छिन् सो प्रकृतिको डान्स गर्दा नम्रताले भिन्न महसुस गरिन् । 'यो मेरो चालिसौ म्यूजिक भिडियो यस अघि मैले न त फिल्म न त म्यूजिक भिडियो कुनैमा पनिमा यसरी नाचेकी थिईन्', घाँघरा चोलीमा सजिएकी नम्रताले भनिन् । उत्तम बनेपालीको विशेष डिजाईनमा उनले लोक पप फ्यूजनको गीतका लागि म्यूजिक भिडियोमा फरिया पनि लगाएकी थिईन् ।
 
उनले १२ घण्टा सम्म निरन्तर नाचेकी थिईन् जस मध्ये कम्मर हल्लाउने स्टेप धेरै युज गरिएको छ । 'मैले धेरै फिल्मको आर्टिष्टसंग काम गरेको थिएँ तर नम्रतासंग मेरो पहिलो पटक हो', म्यूजिक भिडियोलाई आफैले डाईरेक्सन गरिरहेका बेला कोरियोग्राफर विकले बताए, 'यसरी नाच्न अलि नसक्नुहोला जस्तो लागेको थियो तर उहाँले नाचेको देख्दा म आफै छक्क परें ।'
 
 
 
अन्जु पन्तको स्वरमा सजिएको सो गितको म्यूजिक भिडियोलाई विनोद बाजुरालीले निर्माण गरेका हुन् । लोकसंगीत क्षेत्रमा निकै ब्यस्त बाजुराली २ हजार बढी लोकगितका म्यूजिक एरेन्जर पनि हुन् । उनले यो पटकको तिजका लागि मात्र ७० वटा गितमा म्यूजिक एरेन्ज गरिसकेका छन् । 'अब विस्तारै फिल्ममा पनि हात हाल्ने छु ', म्यूजिक भिडियो सुट भईरहेका बेला उनले भने । हाल सालै आन्तिरिक विवादका कारण साईन गरेको फिल्म कलिउड छाडेकी नम्रता भदौ १२ देखि सुटिङ सुरु हुने फिल्म कर्कसमा सम्भवत: विजी हुने छिन् । उनले विवादलाई जोगाउदै भनिन्, 'मेरो टाईममा उहाँहरुले सुटिङ सुरु नगरेकाले मैले छाडेको हो अरु विवाद केही छैन ।'
 
Most Visited News (monthly)