Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21097 - 21102 of 23719
फिल्मीखबर, काठमाण्डौ, 2012-05-06, आईतवार

सिजी इन्टरटेन्मेण्टले निर्माण गरेको फिल्म 'भिजा गर्ल' को रिलिज डेट घोषणा गरिएको छ । आईतवार राती राजधानीमा आयोजित मिस नेपाल कार्यक्रममा फिल्म युनिटले आफ्नो फिल्मको रिलिज डेट घोषणा गरेको हो ।
 

फिल्मीखबर, दोहा, 2012-05-06, आईतवार

मलेशिया र इजरायलमा सफल प्रदर्शन पश्चात नेपाली फिल्म 'के म तिम्रो साथी बन्न सक्छु' कतार प्रदर्शनको अन्तिम तयारीमा छ । फिल्मीखबर डटकम र पिएनपी मिडियाको संयुक्त प्रस्तुतीमा यहि मे ११ तारिखका दिन कतारको दोहा स्थित गल्फ हलमा फिल्मको भव्य प्रदर्शन गरिंदैछ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-05-06, आईतवार

 

नेपाली फिल्मका लागि १०० भन्दा बढि गीत लेखिसकेका गीतकार भुपेन्द्र खड्काले पनि फिल्म निर्माण गर्ने भएका छन् । जसका लागि उनी निर्देशकको खोजीमा छन् ।
 
फिल्मीखबर, काठमाण्डौ, 2012-05-06, आईतवार

यस अघि च्यालेन्ज निर्माण गरेको कम्पनी भ्वाईस ईन्टरटेन्मेन्टको तर्फबाट निर्देशक प्रशन्न पौडेलले नयाँ प्रोजेक्ट घोषणा गरेका छन् । एक हप्ताका लागि शुक्रबार लण्डन प्रस्थान गरेका उनले शनिबार राति फेसबुक मार्फत सो कम्पनीले निर्माण गर्न लागेको नयाँ फिल्म 'ईलाभेन्थ स्ट्रिट' (11th Street) सार्वजनिक गरेका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-05-05, शनिवार

विद्यमान राजनीतिक कुसंस्कारविरुद्ध फिल्म कारबाही निर्माण भएको छ । एनपी फिल्म्स् प्रोडक्सनको दोस्रो प्रस्तुति रहेको फिल्म कारबाही राजनीतिक विषयसँग सम्बन्धित मात्र नभएर युवापुस्तालाई समेत लक्षित छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-05-05, शनिवार

विमल  पौडेलको नेतृत्वमा नयाँ कार्यसमिती गठन भएको पाँच दिन पश्चात निर्देशक समाजले कार्यालय प्रवक्ता घोषित गरेको छ । समाजको हरेक गतिविधिको बारेमा जानकारी दिने आधारिक ब्यक्तिको रूपमा महासचिव राजेन्द्र उप्रेतीलाई पहिलो बैठकले प्रवक्ता घोषित गरेको हो ।  

Results : 21097 - 21102 of 23719
Most Visited News (monthly)