Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सन्यासी गोविन्दले दिलशोभालाई २५ हजार सहयोग गरे

फिल्मीखबर, काठमाण्डौ, 2012/09/01

बृद्धाआश्रम आमा घर संचालन गरेर निकै प्रशंशा बटुलिरहेकी समाजसेवी दिलशोभा श्रेष्ठलाई फिल्म क्षेत्रबाट पनि सहयोग गर्ने हातहरु बढिरहेका छन् । यसै क्रममा केही दिन अघि फिल्म कोरियोग्राफीबाट सन्यास घोषणा गरेका कोरियोग्राफर गोविन्द राईले दिलशोभाको गुठीलाई २५ हजार रकम सहयोग गरेका छन् ।

 

एक तीज विशेष कार्यक्रम आयोजना गर्दै अभिनेत्रीद्धय करिश्मा मानन्धर तथा नन्दिता केसीको साथमा टेलिभिजन हिट हिरोईन दीपश्री निरौला, गायिका कुन्ति मोक्तान तथा निशा सुनुवारको उपस्थितीमा गोविन्दले दिशोभालाई उक्त रकम हस्तान्तरण गरेका हुन् । फिल्म उद्योगमा फर्किए निर्माताको रुपमा फर्किने भन्दै सन्यास घोषणा गरेका कोरियोग्राफर राईले व्यस्त हुँदा हुँदै पनि कोरियोग्राफीबाट सन्यास घोषणा गरेका हुन् ।

 


दिलशोभाको संस्थालाई यस अघि रेजिना फिल्मसले आफ्नो फिल्मको च्यारिटी शो राख्दै १ लाख २ हजार रकम सहयोग गरेको थियो । निस्वार्थ भावना बोकेकी सयौं अबला आमाकी आमा दिलशोभालाई अन्य क्षेत्रबाट पनि सहयोग गर्नेहरु बढ्दै गईरहेका छन् । दिलशोभालाई सहयोग गर्ने हेतुले आयोजित गोविन्दको कार्यक्रममा करिश्मा र नन्दिताले दिल खोलेर नाचेका थिए । 

 

Most Visited News (monthly)