
पब्लिसिटीमा पूर्ण सफल भएको दिनेश डिसी निर्देशित फिल्म मायाज बारले ओपनिङ उत्साहजनक गरेको छ । एक करोड ३५ लाख बजेटको उक्त फिल्मले राजधानीका १९ पर्दाबाट शत प्रतिशत अकुपेन्सी सहित नाईट शो बाहेक आज १२ लाख ग्रस कलेक्सन गरेको छ ।

कहिले पानीका कारण लफडा त कहिले गाडी दुर्घटनामा लफडा अनि कहिले सुटिङ लम्बिएर लफडा यि यस्तै बिबिध लफडाका बाबुजत फिल्म लफडाको सुटिङ सकिएको छ ।

बाल्यकालमा स्कुलबाट भागी भागी बाग्लुङको पुजा हलमा फिल्म हेर्न कुद्ने यी बाग्लुङे युवा यतिबेला फिल्मको नायक बनिसकेका छन् । केहि वर्षको निरन्तर संघर्ष पछि यी युवाले आफ्नो नामको अगाडी नायक संगै निर्माताको ट्याग पनि भिराईसकेका छन् ।

झापाको भद्रपुरका २०४० सालमा जन्मेका नायक निरज बरालले आज आफ्नो २९ औं जन्मदिन मनाउँदै छन् ।

विविध कारणले निर्धारित समयमा फ्लोरमा जान नसकेको हिरोईन आउँदो ३५ दिन पश्चात फ्लोरमा जाने पक्का भएको छ ।

हिरो आर्यन सिग्देल आज पहिलो विदेश भ्रमणमा निस्किएका छन् । उनी को संग विदेश गए त्यो खुल्न सकेको छैन तर बेलुकी साढे सात बजेको फ्लाईटबाट उनी एक हप्ताका लागि कतार उडेका हुन् ।

