Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

नीतालाई आफ्नै उमेर `कन्फ्युज`

फिल्मीखबर, काठमाण्डौ, 2012/09/16

आज तपाईं कति बर्षको हुनु भयो भनेर फिल्मीखबरले प्रश्न गर्दा नायिका नीता ढुंगानाले भनिन्, 'म मेरै उमेरमा कन्फ्युज छु अब तपाईंलाई सही उत्तर कसरी दिनु ?'

 

आफ्नो उमेर आफैलाईं कन्फ्युज भएपछि नीताले बिहानै मम्मीलाई सोधेको बताउँदै भनिन्, '२० कि २१ कन्फुज भएँ र मम्मीलाई सोधें । मम्मीले २१ बर्षमा लागेको बताउनु भयो ।' टेलिफिल्म चेतनाबाट बालकलाकारको रूपमा अभिनय यात्रा शुरू गरेकी नीताले दुई दशक अघि आजको मितिमा  यो धर्तीमा पाईला टेकेकी हुन् । सुर्खेतमा जन्मेकी यि नायिकाको स्थायी घर भने हेटौंडा हो ।

 

हाल नोटबुक फिल्मको सुटिङमा व्यस्त रहेकी नीताले जन्मदिनको केक पनि सोही फिल्मको युनिटमाझ काट्ने भएकी छिन् । बिहानै सुटिङ सेटमा पुगेकी नीताले भनिन्, 'फिल्म युनिटले नै केक ल्याईदिएको छ त्यसैले दिउँसो फिल्म युनिटका सबै जना भेला भएर केक काट्ने छु ।' साँझ घरपरिवारको साथमा आफन्त तथा नजिकका साथीभाईहरूसँग घरमा नै जन्मदिन मनाउने बताउँदै नीताले दिनभर भने नोटबुककै सुटिङमा व्यस्त रहने बताईन् ।

 

मसान फिल्ममा कान्छी दुलहीको भुमिका निर्वाह गरेर एकाएक चर्चामा आएकी नीताका अन्य दुई फिल्म हाम्रो माया जुनी जुनीलाई र म बिर्सुं कसरी रिलिज भईसकेका छन् भने आधा दर्जन भन्दा बढि फिल्म रिलिजको लिस्टमा छन् । फिल्म उधोगमा आश लाग्दी यि व्याचलर नायिकालाई फिल्मीखबरको तर्फबाट जन्मदिनको शुभकामना !
 

Most Visited News (monthly)