
अत्याधिक बढेको गर्मीको कारण सर्लाहीको लागि तय गरिएको सुटिङ स्थगित गर्दै जाउँ हिड पोखराको युनिट पोखरा मुभ भएको छ । गत जेठ ११ गते देखि काठमाण्डूका विभिन्न ठाँउमा सुटिङ हुँदै युनिट बुधबार पोखरा पुगेको हो । 'अत्याधिक गर्मी भएकाले सर्लाही सुटिङ स्थगित गर्दै पोखरा आएका हौं । यहाँ तीन हप्ता बस्छौं अनि जोमसोम जान्छौं र अन्त्यमा मात्र सर्लाही', निर्देशक शोभित बस्नेतले भने ।

संस्थालाई वेवास्ता गरेको तथा आर्थिक बिषयमा पारदर्शिता नभएको भन्ने आरोप खेप्दै दुई साता अघि कार्यसमितिको बैठकबाट कारबाहीमा परेका चलचित्र प्राविधिक संघका अध्यक्ष सन्तु तामाङको विकल्प खोज्न आउँदो असार ९ गतेका लागि साधारणसभा डाकिएको छ ।

गल्ती गर्नेले जव सर्वत्र आलोचना खेप्छ तव उसले विभिन्न बहानाबाजी निकाल्दै आफूलाई चोखो राख्न जुन सुकै तर्क अघि सार्न पछि पर्दैन । र, यस्तै तर्क एटिएम टिमले पनि गरेको छ ।

बैशाख २२ बाट उपत्यकाका सिनेमा घरहरु मार्फत प्रदर्शनमा आएको फिल्म 'कवच' आज बुधबारबाट पूर्वका हलमा समेत रिलिज भएको छ । विभिन्न माग राखेर जातीय पार्टी र राजनीतिक दलले देशभर बन्द हड्ताल गरे पछि फिल्म पूर्वमा रिलिज हुन पाएको थिएन । संबिधान सभाको बिघटनसंगै सम्पूर्ण बन्दहरु फिर्ता भएपछि फिल्मले पूर्वका हलमा प्रदर्शनको पालो पाएको हो ।

चार वर्ष सम्मको राजनीतिक लगानी, अर्बौ रकमको नोक्सानी र सबै भन्दा ठुलो नेपाली जनताको सपनाको निधन हुँदा नेपाली जनतासंगै यतिबेला नेपाली फिल्मकर्मीहरु पनि निराश छन् । संविधान सभा भङ्ग हुनुलाई नेपाली फिल्मकर्मीहरुले कसरी लिएका छन् त ?

फिल्म हाइवे टिमले साउन ५ गतेका लागि आफ्नो फिल्मको रिलिज डेट फिक्स गरेको छ । असार १ गते रिलिज हुने भनिएको फिल्म देशको वर्तमान राजनैतिक अन्यौलताले गर्दा पोष्टपोण्ड गरेको जानकारी गराएको थियो । फिल्मका वितरक नरेन्द्र महर्जनले साउन ५ मा त जसरी पनि फिल्म चलाउने बताए ।

