Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20965 - 20970 of 23999
फिल्मीखबर, काठमाण्डौ, 2012-07-30, सोमवार

नेपालको राजनैतिक परिवेशमा आधारित रहेर निर्माण गरिएको फिल्म 'नागरिक' को सुटिङ प्याकअप गरिएको छ । ३८ दिनमा सुटिङ प्याकअप गरि आज राजधानीमा इन्डक्ल्याप पार्टीको समेत आयोजना गरियो ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-07-29, आईतवार

आशा ठूलै थियो तर 'नहुनु मामा भन्दा कानो मामा ठिक' भने झैं अन्य राजनीतिक दलबाट पाएको मौखिक आस्वाशन भन्दा माथी बढ्दै प्रचण्ड पहलले एक करोड निकासा हुने भएपछि फिल्मकर्मी केही हद सम्म दङ्ग छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-07-29, आईतवार

महानायक राजेश हमाललाई विश्व वन्यजन्तु कोष नेपालका सदभावना दूत घोषणा गरिएको छ । तेस्रो बाघ संरक्षण दिवसका अवसर पारेर आइतवार राजधानीमा आयोजित एक कार्यक्रमका विच हमाललाई बाघ संरक्षणका लागि सदभावना दूत घोषणा गरिएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2012-07-29, आईतवार

पार्टी भित्रको आन्तरिक विवादमा फसेका एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज फिल्मकर्मीलाई टाईम दिएका छन् । अपरान्ह तीन बजे चलचित्र बिकास बोर्डको नेतृत्वमा केही फिल्मकर्मी माओवादी मुख्यालय पेरिस डाँडा पुगी आफ्ना समस्या प्रचण्ड सामु राख्ने कार्यक्रम छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-07-29, आईतवार

विश्वको चर्चित तथा पुरानो भेनिस फिल्म फेस्टिभलमा पहिलो पटक नेपाली फिल्म 'बाँसुल्ली' ले स्थान पाएको छ । आगामी भदौ १३ देखि २३ सम्म इटालीमा हुने ६९ औं संस्करणको उक्त फेस्टिभलमा निश्चल बस्नेत र देवकी राईले निर्माण गरेको १५ मिनेटको 'बाँसुल्ली' छनोट भएको हो ।


 

फिल्मीखबर, काठमाण्डौ, 2012-07-28, शनिवार

अभिनेत्री मनिषा कोईरालाले आफ्नो दुई बर्षे बैबाहिक जीवनलाई पूर्णविराम लगाएको भारतिय अनलाईनहरूले जनाएका छन् ।
 

Results : 20965 - 20970 of 23999