Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20971 - 20976 of 23999
फिल्मीखबर, काठमाण्डौ, 2012-07-28, शनिवार

निर्माता सुनिल मानन्धरले गरेको पूर्व दावी अनुसार मायाज बारले आज १९ वटै हलमा हाउसफूल विजनेश गर्दे पहिलो दिनको कलेक्सन रेकर्ड तोडेको छ । हिजो शुक्रबार सो फिल्मले १२ लाख माथिको ब्यापार गरेको थियो भने आज २० लाख बढीको ब्यापार गरेको छ ।

श्यामसुन्दर गिरी, चितवन, 2012-07-28, शनिवार

निर्देशक विमल पौडेलद्धारा निर्देशित तथा यौवन राजभण्डारी निर्मित फिल्म नागरिकको छायाँकन अन्तिम चरणमा पुग्दा फिल्मकी नायिका अनु शाहले गैर जिम्मेवारीपूर्ण किसिमले गरेको काम र अनावश्यक रुपमा मिडियामा सस्तो लोकप्रियताका लागि नागरिकको बारेमा झुटा बोल्दै हिंडेको प्रति नागरिक युनिटले गुनासो गर्‍यो ।

मणिराज गौतम, हेटौंडा, 2012-07-28, शनिवार

नेपाली फिल्म काठमाण्डूका निर्देशक तथा नायक आकाश अधिकारीले नेपाली फिल्मले अब विदेशमा पनि बजार पाउने बताएका छन् । दर्शकको परिवर्तित चाहना र अत्याधुनिक प्रविधि प्रयोग गरेर निर्माण गरिएको फिल्मले अब विदेशी बजार पाउन ठूलो दुःख नहुने उनले बताए ।

फिल्मीखबर, काठमाण्डौ, 2012-07-28, शनिवार

प्राप्त नम्बरलाई हेर्ने हो भने निर्देशक दिनेश डिसीले मायाज बार मार्फत डिस्टिङ्सन ल्याएका छन् ।

मनोज अधिकारी, दुबई, 2012-07-27, शुक्रवार

अन्ततः सुमन सिंह र झरना थापा अभिनित 'पहिलो माया हो मेरो' को दुबईबाट वर्ल्ड प्रिमियर भएको छ l फिल्मले दुबई र दुबई आसपास रहने नेपालीहरुको माया र साथ पायो ।

फिल्मीखबर, काठमाण्डौ, 2012-07-27, शुक्रवार

बिभिन्न तनावका विच सुटिङ सक्न लागेको फिल्म मञ्जरीको युनिटलाई अन्तिम समयमा आएर अझ ठूलो तनाव आईपरेको छ । कहिले कलाकारको दुर्घटना त कहिले चर्को घामले गर्दा कलाकार बिरामी भएका कारण समस्यामा रहेको सो फिल्म युनिटको माईको बसले आज दुई महिलालाई ठक्कर दिएपछि अर्को तनाव झेल्नु परेको हो ।

Results : 20971 - 20976 of 23999