Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रेखा आईनन् हमेशाको मुहुर्तमा

फिल्मीखबर, काठमाण्डौ, 2012/09/17

आजबाट थप पुस्टि भएको भएको छ रेखा थापा र छवि ओझाको सम्बन्ध देखावटी मात्र हो भनेर । डिभोर्स काण्ड पश्चात पूर्ण रुपमा अलग्गिएर बस्न थालेका उनीहरुले यो पटक ब्यानर साझेदारीमा फिल्म निर्माणमा चासो देखाएका थिए तर मिलेर निर्माण गर्न लागेको पहिलो फिल्मको शुभ साईतमा रेखा भने देखा परिनन् । 


अधिकमास सकिएको दोस्रो दिन विश्वकर्मा पुजाको शुभ साईतमा आज कमलादि स्थित गणेश मन्दिरमा हमेशाको पुजाआजा सहित शुभ मुहुर्त गरिएको छ जहाँ हिरो सविन श्रेष्ठ सहित निर्देशक सविर श्रेष्ठ, निर्माता छवि ओझा तथा प्रोडक्सन कन्ट्रोलर ईश्वर घिमिरे र अर्का कलाकार किरण थापा थिए । 'विश्वकर्मा पुजाको शुभ साईतमा आज हामीले मुहुर्त गरेका हौ अब सुटिङ पनि केही दिनमै सुरु गर्ने छौ', निर्माता छवि ओझाले बताए ।

कस्ले चोर्यो मन पछि सविरलाई पुनः अनुबन्ध गरेका छविले यो फिल्मबाट पनि अवार्ड कार्यक्रममा आफ्नो बर्चश्व हुने विश्वास देखाए । फिल्ममा अर्का हिरो पनि अनुबन्ध हुन बाँकी छ तसर्थ पनि आजको शुभ साईतमा सम्पूर्ण टिमको उपस्थिती नभएको जानकारी दिईएको छ । सो फिल्ममा जीवन लुईटेल अनुबन्ध हुने कुरा थियो तर जीवनको ब्ययस्ता नोटबुकमा भएपछि सो स्थानमा कस्लाई अनुबन्ध गराउने भन्ने बिषयमा छविले निर्णय गरिसकेका छैनन् । सम्भवत हमेशाको सुटिङ असोज ५ देखि सुरु हुने छ ।


'प्रोड्यूसर' र 'वनफूल' को पनि आज शुभ मुहुर्त

 

 

चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईको लगानी रहेको फिल्म 'प्रोड्यूसर' को आज शुभ मुहुर्तसंगै सुटिङ सुरु गरिएको छ । जनकदीप पराजुलीको निर्देशनमा अनामनगर स्थित नूतन स्टुडियोमा सुटिङ सुचारु उक्त फिल्ममा बाबु बोगटी सहित श्याम अर्याल, स्वेता भट्टराई, विल्सन विक्रम राई र श्याम राई प्रमुख भूमिकामा छन् । राहुल प्रधान, सुरेश राई र किरण माईकलको संगीत तथा सागर प्रधानको छायांकन रहने सो फिल्ममा रोशन श्रेष्ठको द्धन्दनिर्देशन रहनेछ ।

 

 

यस्तै जीवनसाथी फिल्म्स र शैली थिएटरको संयुक्त व्यानरमा निर्माण गर्न लागिएको फिल्म 'वनफूल' को पनि आजै मुहुर्त गरियो । नवराज बुढथोकीले निर्देशन गर्न लागेको सो फिल्मको बिहान किर्तिपुर स्थित बाघभैरव मन्दिरमा मुहुर्त गरिएको हो ।

 

सामाजिक विषयवस्तुमा आधारित रहेर निर्माण गर्न लागिएको सो फिल्ममा सुविधा सम्पन्न शहरमा बस्ने एक मानिस किन दुःखी हुन्छ र शारिरीक श्रममा व्यस्त हुने ग्रामिण भेगका मानिसले किन सुखको महसुस गर्छन् भन्ने भिन्नतलाई देखाउन खोजिएको निर्माण युनिटले जानकारी गरायो । जसरी वनको पहरा र कन्दरामा फुलेको फूल अप्ठ्यारो बावजुद पनि सुन्दर र स्वच्छन्द हुन्छन् त्यसरी नै गाउँको कुनै कुनामा आफ्नै ज्ञान र शिल्पमा रमेको जीवन पनि सुन्दर र स्वच्छन्द हुन्छन् भन्ने भाव फिल्मले बोकेको कार्यक्रममा जानकारी गराईयो ।



मदन बराल र बीबी बस्नेतले निर्माण गर्ने वनफूलमा सुनिल पोखरेल, महेश श्रेष्ठ, माजु देवकोटा, मदन बराल, समन्त आचार्य, अशोक शिवाकोटी, वासुदेव खनाल, माजु गिरी, केदार श्रेष्ठ, विभु पौडेल, सुशिला रिमाल, विकास घले गुरुङ लगायतले अभिनय गर्दैछन् । निर्देशक बुढथोकीको पटकथा तथा संवाद रहने सो फिल्ममा देवेन्द्र राईको संगीत, राजिव मानन्धरको छायाँकन, महेश पौड्यालको कथा र गीत तथा राजेशपायल राई र सन्तोष लामाको स्वर रहनेछ । फिल्मको आजैबाट सुटिङ शुरू गरिएको छ ।

Most Visited News (monthly)