
भनिन्छ भिडियो आफै बोल्छ यहाँ लेखिरहनु पर्दैन । बेल्जियम बासी साढे तीन सय नेपालीहरुको एक हुलले शंकर घिमिरेको फिल्म तुलसीलाई अत्याधिक मन पराएका छन् ।

कात्तिक १७ गते देखि रिलिज हुने फिल्म 'समय' बाट अभिनेत्री मौसमी मल्लका छोरा विक्कीले नेपाली रजतपटमा डेब्यू गर्दैछन् । विक्की आजबाट २४ बर्षका पनि भएका छन् । यसै क्रममा अभिनेत्री मल्लले बर्थडेको अबसरमा आफ्नो छोरोको तस्बिरलाई औपचारिक रुपमा सार्वजनिक गरेकी छिन् ।

यस्ता घटना धेरै हुने गरेका छन् यहाँ । यो त एउटा उदाहरण मात्र हो । दर्ता प्रक्रियामा जानु अघि स्क्रिप्ट लेखन कार्यलाई अगाडी बढाउँदा अन्तिम समयमा निर्माता निर्देशकहरुले धेरै झन्झट ब्यहोर्नु परिरहेको छ । जुन झन्झट सम्झी राख है निर्माण गरेको युनिटले पनि बेहोरेको छ ।

महानायक राजेश हमाल यस्ता कलाकार हुन् जसको सानो मात्र तर्कले यहाँ ठूलै उथलपुथल ल्याईदिन सक्छ । प्राय जसो आफू अभिनित फिल्म हेर्न नजाने उनी आज दिन भर कुमारी फिल्म हलमा देखिए जहाँ उनले मायाज बारको मज्जा लुटे ।

असोज महिनाको पहिलो या दोस्रो साता रिलिज गर्ने तयारीका साथ पोस्ट-प्रोडक्सनको कामलाई तिब्रता दिईरहेको माई ब्रदर फिल्मको प्रोमो सार्वजनिक गरिएको छ ।

एक बर्ष अघि मोफसलमा प्रदर्शन भई लगानी सेभ गरेकॊ बताईएको मल्टीस्टारर फिल्म सौभाग्य यहि श्रावण २६ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माता केदार पराजुलीले दिएको जानकारी अनुसार राजधानीका मुख्य १२ वटा हलमा उक्त फिल्म प्रदर्शन हुने छ ।

