हलिउड फिल्म हाईवे टु धम्पुसको बाँकी सात प्रतिशत सुटिङका लागि एक महिना अघि अमेरिका पुगेका राजबल्लभ कोईरालाले मेकअप कस्तो हुन्छ भनेर केहि तस्बिर सार्वजनिक गरेका छन् ।
आफ्नो फेसबुक फ्यान पेज मार्फत बल्लभले मेकअप स्टोरीमा आफ्नो नाक कसरी काटियो भन्नेर केहि तस्बिर देखाएका हुन् । नेपाल सुटिङको क्रममा दिईएको जानकारी अनुसार प्लेन क्रयास पश्चातको सिनमा बल्लभको अनुहारमा चोट लाग्ने छ । जुन दृश्य सम्भवत यहि हुनु पर्दछ ।
हलिउड प्रोजेक्टमा अनुबन्ध भएपछि बल्लभको ब्यक्तित्व थप बढेको छ । बौद्धिक हिरोले परिचित उनी संघर्षको परियडमा जुन प्रकृतिका फिल्म खेल्थे अब त्यस्ता फिल्म नखेल्ने उनले पछिल्लो केही महिना यता बताउदै आएका छन् । बहिनी र भाई समेत अमेरिकामा रहेका कारण तिहार पछि मात्र नेपाल फर्किने योजनामा रहेका उनी सम्भवत सोही टिमको नयाँ फिल्ममा पनि अनुबन्ध हुन सक्ने खबर छ ।

अमेरिकामा खिचिएका उनका तस्बिरहरु




